मालीमा महिलाले एकै पटक जन्माइन् ९ बच्चा

लण्डन । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकासमन्त्री डा.फान्ता सिबेले मोरोक्कोको अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन् । सिसेको मंगलबार अप्रेशन गरिएको थियो ।

अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो । उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो ।

 

डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए ।

मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ । उनीहरू केही सातापछि मात्रै घर फर्किन सक्नेछन् ।

मोरोक्कोको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने आफ्नो देशको अस्पतालमा एकै आमाले त्यति धेरै बच्चा जन्माएको आफूलाई जानकारी नभएको बताएका छन् ।

डाक्टरहरूले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १३, आईतवार २२:०४
    • 95 views
    अति खतरनाक सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ ।

    कावासाेती । विश्वमा विभिन्न विषालु जनावर पाइन्छन् । विषालु भन्ना साथ सबैभन्दा पहिले सबैको सोचाइमा सर्पनै पर्दछ । हामीले धेरै थरी विषालु सर्प र तीनका विष कति खतरनाक हुन्छ भन्ने…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 78 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *