+
+
-- Sponsored Ad --

वर्गीय आधारमा फरक सिकाइ, दोहोरो नीतिले शैक्षिक गुणस्तरमा ठूलाे खाडल

616 पटक हेरिएको
Clock २०७८ भाद्र ५, शनिबार १९:४२
-- Sponsored --

काठमाडौं । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खानेबीच शिक्षामा विभेद हुन्छ । पछिल्लो समय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का ४२ हजार बढी विद्यार्थीमा गरेको एक अध्ययनले शिक्षाको गुणस्तरमा ठूलो खाडल देखाएको छ । राज्यको दोहोरो शिक्षा प्रणालीका कारण यो अवस्था आएको विश्लेषकहरू बताउँछन् ।

कक्षा १० मा अध्ययन गर्ने आधा विद्यार्थीको सिकाइ उपलब्धि औषत र आधाको पाठ्यक्रममा रहेका विषयवस्तुको न्यून सिकाइसमेत हासिल गर्न सकेको छैनन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सातवटै प्रदेशका १ हजार ८ सय विद्यालयका प्रधानाध्यापक, ३ हजार ६ सय शिक्षक र ४२ हजार विद्यार्थी माथि अध्ययन गरेको थियो ।

अध्ययनमा समावेश विद्यार्थी अहिले कक्षा १२ मा अध्ययनरत छन् । यसअघि सन् २०११ मा कक्षा १० को सामाजिक विषयसहित विज्ञान, अंग्रेजी, गणित र नेपाली विषयमा अध्ययन गर्दा सिकाइ उपलब्धि ४१ पतिशत रहेको शैक्षिक गुणस्तर अध्ययन केन्द्रका महानिर्देशक शिवकुमार सापकोटा बताउनुहुन्छ । १० वर्षमा ६ प्रतिशत उपलब्धि थप भएको र बढोत्तरीको क्रममा रहेको उहाँको भनाइ छ ।

आधा विद्यार्थीले मात्र सिकाइ उपलब्धि हासिल गर्दा सन्तुष्ट हुने अवस्था नरहेको शिक्षाविद् कृष्णप्रसाद पौडेल बताउनुहुन्छ । ‘शिक्षामा खर्च गरेको बजेटलाई हेर्दा यसको उपलब्धि उच्च स्तरमा भएको छैन,’ उहाँ भन्नुहुन्छ, ‘५० प्रतिशत प्राप्ताङ्क भनेको न्यून हो, ७० प्रतिशतको तहमा पुगे मात्र सन्तोष गर्ने ठाउँ रहन्छ ।’

अध्ययनमा गाउँभन्दा शहर, सामुदायिक भन्दा निजीका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो देखिएको अध्ययन केन्द्रको निष्कर्ष छ । सिकाइ सुविधा बढी भएको स्थानको सिकाइ उपलब्धि राम्रो भएको महानिर्देशक सापकोटा बताउनुहुन्छ ।

राज्यको विभेदकारी शिक्षा नीतिका कारण गरिबका छोराछोराीले राम्रो शिक्षादिक्षा पाउने अवसरबाट बञ्चित गराएको शिक्षाविद् पौडेलको भनाइ छ । संविधानमा शिक्षालाई मौलिक हकको रुपमा उल्लेख गरिसकेपछि यस क्षेत्रमा हुने विभेदलाई अन्त्य गर्दै समान सिकाइमा राज्यले जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

अध्ययनले विज्ञान विषयमा विद्यार्थी कमजोर रहेको देखाएको छ, त्यसपछि अंग्रेजी, गणित र नेपाली विषयमा विद्यार्थी कमजोर छन् । कक्षा १० मा प्रत्येक शैक्षिक सत्रमा करिब साढे ४ लाख विद्यार्थी अध्ययन गर्छन् । कक्षा १० को अध्ययन भए पनि आम विद्यार्थी र अभिभावककको अवस्था उस्तै भएकाले यसले समग्र शिक्षा प्रणालीमा प्रश्न उठाएको छ ।

सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकको अभाव छ । यिनै विषयमा विद्यार्थीको सिकाइ स्तर खस्किएको पाइएको छ  । सामुदायिक विद्यालयमा करिब ५८ हजार शिक्षक अभाव रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्याङ्क छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win