व्यवशायिक कृषिमा लागेका कृषकलाई ज्ञान केन्द्र स्तरिय तालिम आवस्यकता पहिचान कावासोतीमा सम्पन्न ।

  • समाचार
  • २०७७ फाल्गुन २५, मंगलवार १४:२९
बिबेक भण्डारी ,फागुन २४ नवलपुर ।
व्यवशायिक कृषि पेशामा लागेका युवाहरुलाई लक्षित गरि ज्ञान केन्द्र स्तरिय तालिम आवस्यकता पहिचान तालिम सोमवार कावासोतीमा सम्पन्न भएको छ । कृषि व्यवशाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र पोखराको आयोजनामा संञ्चालन गरिएको उक्त तालिममा युवा स्वरोजगार तालिम प्रदानको लागि कृषि तालिम पहिचान र यस सम्बन्धि विषयमा कृष र कृषि प्राविधिकहरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा कृषि व्यवशाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र पोखराका प्रमुख विष्णु प्रसाद शर्माले तालिमको सहजिकरण गर्नुभएको थियो । शर्माले कृषिका लागि प्रदेशले प्रदान गर्ने तालिम र यसको महत्वको बारेमा जानकारी गराउनुभएको थियो । हिउदे तथा नगदे बालीका समयमा आवस्यक पर्ने स्रोत साधन र प्रविधिको बारेमा समेत जानकारी प्रदान गर्नुभएको थियो । प्रमुख शर्माले कृषिमा लाग्न चाहने युवाले पहिले तालिम र तालिम छनोटको बारेमा प्रष्ट हुनु पर्ने बताउनुभयो । आफुले गर्न खोजेको कृषि र यस संग सम्बन्धित तालिम लिएर कृषि गर्नेहो भने सफल भइने बताउनुभयो । गण्डकी प्रदेशमा एक दशर्जन बढि तालिमहरु संचालन हुने र नवलपुर र गोर्खामा हाल तालिमहरु संञ्चालन भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल प्रसाद लामिछानेले जानकारी दिनुभयो । आयोजित तालिममा नवलपुरका ८ वटै पालिकामा व्यवशायिक कृषि गरि रहेका युवाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि युवाहरुले उक्त तालिम लिए पश्चात आगामि दिनमा कृषि तालिम र यस संम्बन्धित विषयमा सरल हुने विश्वास लिए । कृषि ज्ञानकेन्द्र नवलपुरका वागवनी विकास अधिकृत शंकर पौडेलले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *