+
+
-- Sponsored Ad --

सुरु हुन थाल्यो भौतिक उपस्थितिमा पठनपाठन,क्रमशः सबै विद्यालय खुल्ने

492 पटक हेरिएको
Clock २०७८ भाद्र १६, बुधबार २०:४७
-- Sponsored --

काठमाडौं,भदौं १६- नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन् ।

कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा उपत्यकाका केही शैक्षिक संस्था र उपत्यकाबाहिरका कतिपय शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको हो ।

सरकारले कोभिड–१९ को संक्रमण बढेपछि २०७६ देखि ६ महिना लामो लकडाउन तथा निषेधाज्ञा जारी गरेको थियो । सरकारले पुनः संक्रमित बढेपछि २०७७ देखि निषेधाज्ञा जारी गर्दै आएको छ । सो समयमा नेपालको सबै विश्वविद्यालय तथा विद्यालयको पठनपाठन भर्चुअल रूपमा मात्र सीमित बनेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै स्मार्ट लकडाउनमा सीमित बनाई कार्यविधि नै जारी गरेपछि भने कतिपय विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।

भर्चुअल कि भौतिक भन्ने सम्बन्धित निकायले नै निर्णय गर्छः सीसीएमस

सीसीएमसीले लकडाउन तथा निषेधाज्ञाका कारण सामाजिक–आर्थिक गतिशिलता अवरुद्ध हुन गई नागरिकको जीविकोपार्जनमा नै कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको थियो । सीसीएमसीले पछिल्लोपटक कोभिड–१९ सम्बन्धी अधिकांश निर्णयको अधिकार डीसीएमसी तथा स्थानीय तहलाई दिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win