+
+
-- Sponsored Ad --

फेरी व्यालेष्टिक मिसाइल प्रहार

504 पटक हेरिएको
Clock २०७८ भाद्र ३०, बुधबार २३:४३
-- Sponsored --

उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो ।

जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको पछिल्लो परीक्षणले प्योङयाङमाथि आणविक गतिविधि नियन्त्रण गर्ने राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको छ । केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो ।

सो मिसाइल जापानको अधिकांश भू–भागमा पुग्ने क्षमता राख्थो । सो कु्रज मिसाइलमा आणविक हतियार राख्न मिल्ने विज्ञहरुले बताएका छन् । राष्ट्रसंघको सुरक्षा परिषद्ले क्रुज मिसाइल परीक्षणमा भने प्रतिबन्ध लगाएको छैन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win