आजदेखि देशैभर भेरोसेल खोपको पहिलो मात्रा लगाईदै, दोस्रो मात्रा लगाउन छुटेकाले पनि लगाउन पाउने

काठमाडौं । सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । जिल्ला अनुसार विभिन्न उमेर समुह तोकेर खोप लगाउने तयारी पूरा भएको छ । आजदेखि १४ गतेसम्म खोपको पहिलो मात्रा लगाउन लागिएको हो ।

विभिन्न समयमा पहिलो डोज लगाएर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई पनि आजैदेखि खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयले खोप लगाउन बाँकी सबै उमेर समुहकालाई खोप दिने भएको हो । तर सबै जिल्लामा एकैपटक सबै उमेर समुहलाई भने खोप लगाइने छैन ।

ताप्लेजुङ् , संखुवासभा , सोलुखुम्बु , रसुवा , हुम्ला , जुम्ला , मुगु , डोल्पा , बाजुरा र दार्चुला जिल्लाका १८ बर्ष माथिका खोप लगाउन छुटेका सबै व्यक्ति, काभ्रे र चितवनका ३५ बर्ष माथिका सबै व्यक्ति, काठमाडौ, भक्तपुर, ललितपुर , मकवानपुर , रामेछाम , अछाम र सर्लाही जिल्लाका ४० बर्ष माथिका सबै व्यक्तिलाई खोप दिइंदै छ ।

यस्तै मनाङ् ,मुस्ताङ् , रुकुम पूर्व वाहेकका ५५ जिल्लाहरुमा ४५ बर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने जनाइएको छ । स्वास्थ्य मन्त्रालयले यही समूहका लागि कात्तिक ४ देखि १४ गते सम्म दोस्रो डोज खोप दिनेछ । सरकारले पछिल्लो पटक चीनवाट ६० लाख डोज भेरोसेल खोप ल्याएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *