अब कन्सुलर प्रमाणीकरणका लागि परराष्ट्र धाउनु नपर्ने ।
काठमाडौं । अब कुनै पनि सेवाग्राहीले कन्सुलर प्रमाणपत्रका लागि प्रहरी रिपोर्ट बोकेर राहदानी विभाग धाउनुपर्ने व्यवस्था हटेको छ । कन्सुलर विभागले शुक्रबार पत्रकार सम्मलेन गरी नेपाल प्रहरीसँग सिस्टम इन्टिग्रेसन गरी अनलाइन सेवा सुरु गरेको हो ।
विभागले आगामी भदौ १३ गतेदेखि लागू हुनेगरी यस्तो व्यवस्था गरेको जानकारी दिएको हो । यस प्रणालीमा वैदेशिक रोजगारीमा जाने वा विदेशमा पढ्न जान चाहने व्यक्तिले पुलिस रिपोर्ट प्राप्त गरेपश्चात प्रमाणीकरणका लागि राहदानी विभागमा आवेदनका लागि लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।
सेवाग्राहीले पुलिस रिपोर्ट प्राप्त गरेपछि नेपाल कन्सुलर विभागको वेवसाइटमा अनलाइन एप्लिकेसनमा गइ फाराम भर्न सक्नेछन् र फाराम स्विकृति भएको जानकारी प्राप्त गरी कनेक्ट आईपीएसका माध्यमबाट रकम भुक्तानी गर्न सक्नेछन् ।
रकम भुक्तानीपछि कुनै निश्चित समयमा आएर राहदानी विभागबाट कागजात आफैँले वा तोकिएको व्यक्तिले लिन सक्ने व्यवस्था विभागले सुरु गरेको हो । विभागका महानिर्देशक धर्म बहादुर ओलीले यो प्रणाली सुरु गरेपछि राहदानी विभागमा हुने भिडभाड हट्नुका साथै सेवा प्रवाहमा विचौलियाको अन्त्य हुने बताउनुभयो ।
कन्सुलरमार्फत प्रमाणीकरण देश वा विदेश जहाँबाट पनि अनलाइनका माध्यमबाट हुने भएकोले विश्वासिलो र सेवाग्राहीलाई समेत सहज हुने विभागले जनाएको छ । देशका अन्य स्थानमा अझै सम्म पनि कन्सुलर विभागको कुनै पनि शाखा नरहेको अवस्थामा यो प्रणालीमार्फत सेवाग्राहीलाई सहज हुने जनाइएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको