+
+
-- Sponsored Ad --

विद्यालय तथा कलेजलाई बहुउपयोगि सफ्टवेयर सार्वजानीक

525 पटक हेरिएको
Clock २०७८ आश्विन ८, शुक्रबार ०८:००
-- Sponsored --

निस्चल गाैडेल, असोज ७, कावासोती,।। विद्यालय तथा कलेजका लागि बहुउपयोगि नयाँ सफ्टवेयर व्राईट मल्टिपल स्कुल सार्वजानीक भएको छ ।
ए वान सफ्ट इन्टरनेसल नामक सफ्टवेयर कम्पनी र एस वि मल्टिपल कलेजको सहकार्यमा सो सफट्वेयर तयार गरिएको ए वन सफ्टका अध्यक्ष मदन वहादुर शाहीले एनसञ्चारलाई जानकारी दिनुभयो ।
हाल यो सफ्टवेयर विटा भर्सनमा ए वान सफ्ट कम्पनीको आधिकारीक वेभसाइटवाट उपलब्ध रहेको पनि उहाँले बताउनुभयो ।
एनसञ्चारसँगको कुराकानिमा उहाँले भन्नुभयो ः“डिजिटल प्रविधिको आधुनिक समयमा जुनसुकै काम–कारवाहिकोलागि सहजता र सरलता खोज्दै जाँदा यो सफ्टवेयर निर्माण भयो; यसले अनलाइन क्लास, कक्षा शुल्क, अकाउन्टीङ्को काम, लाइवे्ररीको काम, कर्मचारी व्यवस्थापन लगायतका कार्य गर्नमा सहज हुन्छ ।”
एवन सफ्टका अध्यक्ष शाहीका अनुसार सफट्वेयर विशेष गरि स्कुल कलेजको लागी वहुउपयोगी हुन सक्ने ढाँचामा तयार भएको छ भने, अवको प्रविधीमैत्री युगमा यस्ता सफ्टवेयरहरुको आवश्यकता महसुस हुन थालेकोले यो सफट्वेयर निर्माण गरिएको हो ।
त्यस्तै एस वि मल्टिपल कलेजका फाउण्डर भिम वहादुर शाहीले विद्यालय तथा कलेजका हरेक गतिविधीमा अत्यन्तै उपयोगी यो सफ्टवेयर सबैले प्रयोग गरेमा काममा सहजतासँगै लागत पनि कम हुने बताउनुभयो ।
उहाँले सफट्वेयर विद्यालय तथा कलेजहरुलाई प्रदान गर्नु अघि यसको प्रयोग गर्ने तरिकाका बारेमा पनि निर्माण पक्षले नै जानकारी दिने बताउनुभयो ।
करिब २ वर्ष लगायर निर्माण गरिएको सो सफ्टवेयरले स्कुल तथा कलेजको क्षेत्रमा नयाँ क्रान्तिकै सुरुवात गर्ने निर्माण पक्षले दाबि गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win