कांग्रेसले थप ५ जिल्लाको सदस्यता विवाद टुंग्यायो, ५४ जिल्लामा पालिका अधिवेशन सकियो

  • समाचार
  • २०७८ आश्विन १०, आईतवार ११:०७

काठमाडौं । नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । हिजो महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता विवाद टुंगो लगाएर निर्वाचन समितिलाई विवरण बुझाइएको हो ।

विवाद टुंगो लगाएर विवरण समितिलाई बुझाइएका जिल्लामा आजै निर्वाचन अधिकृत खटाउने तयारी भइरहेको कांग्रेसले जनाएको छ । बाँकी सात जिल्लामध्ये तीन जिल्लाको विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलाली रहेका छन् ।

कांग्रेसले दसैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ । सोही अनुसार हिजोदखि गाउँ–नगर अधिवेशन सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ–नगर अधिवेशन सुरु भएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो ५४ जिल्लाको पालिका अभिवेशन सकिएको छ । काठमाडौमा वडा अधिवेशन सम्पन्न भएपनि अन्तिम परिणाम प्राप्त नभएकाले पालिका अधिवेशन असोज १६ गतेका लागि तय गरिएको छ । कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *