Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
दाउन्नेमा विमान दुर्घटना भएको हल्ला सत्य हाेइन : नवलपुर प्रहरी दाउन्नेमा विमान दुर्घटना भएको हल्ला सत्य हाेइन : नवलपुर प्रहरी - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

दाउन्नेमा विमान दुर्घटना भएको हल्ला सत्य हाेइन : नवलपुर प्रहरी

762 पटक हेरिएको
Clock २०७८ आश्विन ३१, आईतवार २२:१९
-- Sponsored --

कावासोती । दाउन्नेमा विमान दुर्घटना भएको हल्ला निराधार भएको नवलपुर प्रहरीले जनाएको छ ।

नवलपुरको दाउन्न्ने स्थित विश्वकर्मा बाबाको मन्दिर नजिक विमान दुर्घटना भएको स्थानीय बाट जानकारी आए पछि नवलपुर प्रहरी सहित सशस्त्र प्रहरी र पश्चिम नवलपरासीबाट समेत प्रहरीको टोलि दुर्घटना भएको भनिएको स्थानमा पुग्दा विमान दुर्घटनाको कुनै आधार फेला नपारिएको नवलपुर प्रहरी प्रवक्ता दिलिपकुमार गिरीले बताए ।

स्थानीयले विमान दुर्घटना भएको जस्तो देखिए पछि प्रहरीलाई खबर गरे लगत्तै नवलपुर प्रहरीले घटना भएको स्थान आसपास प्रहरी परिचालन गरेको थियो । नेपाल उड्डयन प्राधिकरणमा सम्पर्क गर्दा कुनै पनि विमान सम्पर्क बाहिर नभएको जानकारी पाए पछि प्रहरी फर्किएको गिरीले बताए ।

विमान दुर्घटना भएको विषय सामाजिक सन्जाल र केही सन्चार माध्यममा आएको तर ती सबै निराधार असत्य भएको गिरीले बताए ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win