+
+
-- Sponsored Ad --

कावासोती खानेपानीको पाइप फेरी बगायो केरुङ्गे खोलाले

674 पटक हेरिएको
Clock २०७८ कार्तिक ३, बुधबार ०९:५५
-- Sponsored --

कात्तिक ३, कावासोती ।।

गत ३ दिनदेखि परेको अबिरल वर्षा र बर्षा संगै केरुङ्गे खोलामा आएको बाढिले फेरि कावासोती खानेपानीको पाईपमा क्षति पुर्याएको छ । पानी बितरण र सञ्चालन प्रणालीमा असर पुग्ने गरी बाढीले  क्षति पुर्याएको हो । बिशेषगरि नगरपालिकाका वडा न. ६, ५ र २ का माथिल्लो भेगका उपभोक्ता हरुलाई यसले प्रत्यक्ष असर पार्छ भने नगरपालिकाका अन्य वडाहरुमा समेत पानीको वितरण र सञ्चालनमा आँशिक असर पार्छ । गत आषाढ २२ गते र भाद्र १० गते को बाढिले पुर्याएको ठुलो क्षतिलाई अस्थाई रुपमा समाधान गरेर पानी सञ्चालनमा ल्याईएकोमा अहिलेको अबिरल बर्षाले फेरि उहीँ समस्या दोहारिएको छ । खोलामा पानीको बहाव घट्नासाथ तत्काल फेरि अस्थाई मर्मत कार्य गरेर पानी सकेसम्म चाँडो पानी सञ्चालन गर्ने कोशिस गर्ने तयारीमा जुटेको कुरा कावासोती खानेपानीका अध्यक्ष भिमलाल कण्डेलले बताउनु भएको छ । यस्को स्थाई समाधान भने मंसिर पछि मात्र संभव भएको उहाँको भनाई छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win