+
+
-- Sponsored Ad --

आर्यन ड्रग्स केसमा अरु तीनजना ‘स्टार किड’ को नाम

844 पटक हेरिएको
Clock २०७८ कार्तिक ९, मंगलवार १५:३७
-- Sponsored --

एजेन्सी ।। बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान संलग्न लागूऔषध मुद्दामा नार्काेटिक कन्ट्रोल ब्युरो (एनसिबी) ले नयाँ नयाँ तथ्यहरू फेला परिरहेको जनाएको छ।

३ अक्टोबरमा मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा आर्यनसहित अन्य आठजना पक्राउ गरेको थिए। त्यसपछि प्रहरीले आर्यनसँग सम्बन्धित अन्य व्यक्तिलाई सोधपुछ गरिरहेको छ। सोही क्रममा प्रहरीले आर्यनको फोनमा अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेसँग ड्रग्स व्यवस्था गर्ने बारेमा च्याट भएको फेला पारेको थियो।

प्रहरी अधिकारीले अनन्यासँग दुई दिनसम्म करिब ६ घन्टा सोधपुछ गरेका थिए। अनन्यासँग सोधपुछ गर्ने क्रममा ड्रग्स सेवन र सप्लाइको बारेमा बलिउडका अन्य तीनजना स्टार किडको समेत नाम आएको बताइएको छ। तर उनीहरू को–को हुन्, त्यो भने खुलाइएको छैन। 

आर्यन र अनन्याबीच ड्रग्सको व्यवस्था गर्नेबारे पटकपटक च्याट भएको पाइएको छ। आर्यनले अनन्यालाई कोकिन र चरेश व्यवस्था गर्न लगाउँथे। प्रहरीले सोमबार अनन्यासँग तेस्रोपटक सोधपुछका लागि बोलाएको थियो। तर उनी व्यक्तिगत कारण देखाउँदै उपस्थित भइनन्। उनीसँग प्रहरीले लागुऔषध सप्लायर्सको रूपमा सोधपुछ गरिरहेको बताइन्छ। 

आर्यनले अनन्याबाहेक अरु मान्छेहरूसँग पनि ड्रग्सको बारेमा कुरा गरेको च्याट प्रहरीले प्राप्त गरेको छ। उनले उचितकुमार नामक व्यक्तिसँग ८० हजार भारुको लागूऔषध खरिद गर्ने कुरा गरेको भारतीय मिडियाले जनाएका छन्। आर्यन तीन सातादेखि आर्थर रोड जेलमा कैद छन्। मंगलबार हाई कोर्टमा उनको जमानतको बारेमा सुनुवाइ हुँदैछ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win