बीबीसीमा चोलेन्द्रको अन्तरवार्ता : संसद्‍बाट बिदा हुन तयार छु

१० कात्तिक, बुधबार, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर आफूमाथि लागेका आरोपहरूको बचाउ गरे । यसक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए । आफूलाई संसद्ले प्रधानन्यायाधीश बनाएको बताउँदै संसद्ले हटाएमा मात्रै हट्ने तर कसैले नारा लगाएका भरमा आफूले राजीनामा नदिने उनले बताए ।

अन्तरवार्तामा जबराले भनेका छन्, ‘म विधि र प्रक्रियाबाट आएको हुँ । विधि र प्रक्रियाबाट जान तयार छु । तर, कसैको दबाब, कसैको प्रभाव, कसैले नारा र जुलुस गरेर देशको प्रधानन्यायाधीशलाई हटाउने भन्या अराजकता हो । गैरजिम्मेवार हो । गैरकानुनी र गैरसंवैधानिक हो ।’

सर्वोच्चकै न्यायाधीशहरूले राजीनामा मागिरहेको विषयमा बीबीसीले सोधेको प्रश्नमा जबराले भनेका छन्, ‘यो धारणा एकदमै गलत हो । उहाँहरूले छलफल गरिरहनुभएको छ । तर, छलफलको मतलब मेरो राजीनामा माग्ने, या मसँग उहाँहरूले निकास माग्ने भन्ने विषयवस्तु नै होइन । यो उहाँहरूको दायित्व र कर्तव्यभित्र पनि पर्दैन । यस्तो गर्नुभयो भने यो आचारहीन क्रिया हो र यसलाई जनताले दण्डित गर्छन् ।’
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 7 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 59 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *