+
+
-- Sponsored Ad --

बीबीसीमा चोलेन्द्रको अन्तरवार्ता : संसद्‍बाट बिदा हुन तयार छु

347 पटक हेरिएको
Clock २०७८ कार्तिक १०, बुधबार ०७:१८
-- Sponsored --

१० कात्तिक, बुधबार, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर आफूमाथि लागेका आरोपहरूको बचाउ गरे । यसक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए । आफूलाई संसद्ले प्रधानन्यायाधीश बनाएको बताउँदै संसद्ले हटाएमा मात्रै हट्ने तर कसैले नारा लगाएका भरमा आफूले राजीनामा नदिने उनले बताए ।

अन्तरवार्तामा जबराले भनेका छन्, ‘म विधि र प्रक्रियाबाट आएको हुँ । विधि र प्रक्रियाबाट जान तयार छु । तर, कसैको दबाब, कसैको प्रभाव, कसैले नारा र जुलुस गरेर देशको प्रधानन्यायाधीशलाई हटाउने भन्या अराजकता हो । गैरजिम्मेवार हो । गैरकानुनी र गैरसंवैधानिक हो ।’

सर्वोच्चकै न्यायाधीशहरूले राजीनामा मागिरहेको विषयमा बीबीसीले सोधेको प्रश्नमा जबराले भनेका छन्, ‘यो धारणा एकदमै गलत हो । उहाँहरूले छलफल गरिरहनुभएको छ । तर, छलफलको मतलब मेरो राजीनामा माग्ने, या मसँग उहाँहरूले निकास माग्ने भन्ने विषयवस्तु नै होइन । यो उहाँहरूको दायित्व र कर्तव्यभित्र पनि पर्दैन । यस्तो गर्नुभयो भने यो आचारहीन क्रिया हो र यसलाई जनताले दण्डित गर्छन् ।’
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win