विवाद समाधानको लागि एमालेमा कार्यदल बनाइदै, आज साँझसम्म नेताहरुको टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने तयारी भईरहेको छ । संभवत आज साँझसम्ममा दुबै पक्षबाट कार्यदलमा बस्ने नेताहरुको टुंगो लाग्नेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनमा सहमति जुटाएका हुन् । यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन ।

माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीका अनुसार आ–आफ्ना पक्षका नेताहरुबीच छलफल गरेर कार्यदलमा रहने सदस्यहरु टुंगो लगाइनेछ । कार्यदललाई नेताहरुको जिम्मेवारी, संगठन संरचना र अन्य विवादित विषय समाधानको बाटो पहिल्याउने जिम्मा दिइने छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्काउन र सोही आधारमा समाधान खोज्न ओली सहमत हुनुभएको बताईएको छ । यो सहमतिसँगै एमालेको विवाद तत्कालका लागि मत्थर भएको छ । यसैबीच नेकपा एमाले माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक आज पनि बस्दै छ ।

भर्चुअल रुपमा दिउँसो बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहनेछ । ज्ञवालीका अनुसार हालसम्म धारणा राख्ने सबै केन्द्रीय सदस्यहरुले जेठ दुईमा फर्किंदा त्यस बेलाका सबै संरचनाहरु यथावत रहनुपर्छ र त्यसपछिमात्रै कार्यविभाजनमा छलफल अघि बढाउनु पर्ने सुझाव दिएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 12 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 11 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *