0 प्रतिक्रिया
कावासोती रक्तसञ्चार केन्द्रमा ४० जनाले गरे रक्तदान
नवलपुर, कार्तिक १२ । कावासोतीमा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । नवलपुर मदिरा तथा प्रोभिजनल ब्यवसायी संघले आयोजना गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका संघका अध्यक्ष रेशमलाल चापागाईले जानकारी दिए ।
पछिल्लो समय रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुने तर बिरामीलाई आवश्यक रगतको माग बढेकाले संघले सामाजिक सेवामूलक रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
संघको वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रमलाई रिलायवल फुड एण्ड बेभरेज प्रालिले आर्थिक सहयोग गरेको थियो भने रेडक्रसद्धारा सञ्चालित रक्तसंचार केन्द्र कावासोतीको प्राविधिक सहयोग रहेको आयोजक संस्थाले जनाएको छ ।
फलफूलचोकस्थित रेडक्रस तथा रक्तसञ्चार केन्द्रको भवनको भएको कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।



