+
+
-- Sponsored Ad --

सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने

513 पटक हेरिएको
Clock २०७८ फाल्गुन ३, मंगलवार ०७:२२
-- Sponsored --

एन सञ्चार, ३ फागुन ।।

सर्वोच्च अदालतको फुलकोर्ट बस्ने भएको छ।  कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा साेमबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायतका विषयमा छलफल भएको जनाइएको छ। 

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी निलम्बित भएका छन्।

राणा निलम्बित भएसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन्। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win