+
+
-- Sponsored Ad --

३६ घण्टापछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति सुरु

429 पटक हेरिएको
Clock २०७८ कार्तिक १८, बिहीबार ०८:५३
-- Sponsored --

कात्तिक १८, भरतपुर ।। चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो । 

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकोमा आज बिहान १ बजेदेखि विद्युत आपूति सुरु भएको विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका ट्रान्सफर्मर बदलीका साथै अन्य आवश्यक मर्मतको काम सकेर विद्युत सुरु गरिएको हो । 

यसैबीच भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि चितवन पुगेका थिए । तिहारको समयमा बिजुली नबलेपछि सबस्टेसनको अवस्थाबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win