०७८ वैशाख २६ देखि जनगणना सुरु गरिने ।
काठमाडौँ, १४ चैत । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनामा तथ्याक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने विभागले जानकारी गराएको हो।
विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले तथ्यांक संकलनको क्रममा सुपरिवेक्षकबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषिसम्बन्धी, ऋण, बैंक खाता, सरकारी अनुदानमा घर निर्माण र व्यावसायिक तालिमसम्बन्धी विवरण संकलन गर्ने जनाए। साथै गणकहरूबाट प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फाराममार्फत घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिने उपमहानिर्देशक जोशीले जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती