२२ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबको कप्तानी गर्दै खेलेका विंगर सुनिल बल अष्ट्रेलिया जाने भएका छन् ।
सुनिल आज सोमबारराति अष्ट्रेलिया प्रस्थान गर्दैछन् । यसअघि संकटामा लिगका लागि अनुबन्ध भएका गौतम श्रेष्ठ अष्ट्रेलिया गइसकेका छन् ।
सुनिल बलले पनि डबल राउण्ड रोविनमा सञ्चालन हुने लिगको पहिलो भागको खेल छुट्ने भए पनि दोस्रो भागको खेल खेल्ने आफू फर्कने बताए । सुनिलले अष्ट्रेलियामा युनाइटेड एफसीबाट प्रतियोगिता खेल्नेछन् ।
यस सिजन संकटाले लिग उपाधि नै जित्ने लक्ष्यसहित सुनिल बलसहित मनिष डाँगी टिकेन्द्र थापा निशान खड्का सुरज ज्यु ठकुरी मनिष डाँगी लगायत खेलाडी भित्र्याएको थियो ।
तर लिगको पहिलो खेलमा संकटाले त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

