+
+
-- Sponsored Ad --

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमाेदन हुने

311 पटक हेरिएको
Clock २०७८ कार्तिक २८, आईतवार ०८:१५
-- Sponsored --

कात्तिक २८, काठमाडौं ।। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ। शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो। कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ। 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ।

आजको बैठकमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win