+
+
-- Sponsored Ad --

नवलपुरमा नगद ४९ हजार सहित तास खेल्ने १० जना पक्राउ

334 पटक हेरिएको
Clock २०७८ मंसिर ६, सोमबार २०:१०
-- Sponsored --

नवलपुर, मंसिर ६।।  नवलपुर प्रहरीले तास खेलिरहेका १० जनालाई गएराति नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा नं. ११ मजुवा स्थित रहेको रोमन बयम्बुको घर तास खेलिरहेका १० जनालाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ बुक तास समेत बरामद गरेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीले घरधनी मध्यबिन्दु ११ बस्ने बर्ष २७ को रोमन बयम्बु, बर्ष ४० को सेर बहादुर कुमाल, बर्ष २८ को रमेश कुमाल, बर्ष ७० को जय संकर पछाई क्षेत्री, बर्ष २८ को किसन बि.क., बर्ष ५९ को शेर बहादुर कुमाल, बर्ष ३१ को रिक बहादुर कुमाल, बर्ष २० को सुजन थापा, बर्ष ६५ को सन्त बहादुर थापा र बर्ष ४६ को भेस बहादुर रायमाझीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको गिरीले बताए ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win