एमालेको १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक

चितवन,मंसिर ९-

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।

कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचयबाहेक अन्य सामग्रीहरू सार्वजनिक गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।

महाधिवेशन प्रतिनिधिले सर्वसम्मत चयन गर्न नसकेको अवस्था आयोगको तर्फबाट निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा भएको सुब्बाले बताए । आयोगले बिहीबारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्दै छ ।

एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह १० मंसिरमा चितवनको नारायणी नदीको किनारमा हुँदै छ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटलमा ११ र १२ मंसिरमा हुँदै छ ।

निर्वाचन आयोगका अध्यक्ष डा। सुब्बाका अनुसार ११ मंसिरमा उम्मेदवारी दर्ता र सोही दिन फिर्ता लिने कार्यक्रम रहेको छ ११ मंसिर बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने १२ मंसिरमा मतदान सुरु हुनेछ ।

१ सयवटा भोटिङ मेसिनको व्यवस्था

आयोगले १ सय वटा विद्युतीय मतदान मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन)बाट मतदान गराउने तयारी पूरा गरेको छ । आयोगले ९२ वटा मेसिनहरू निर्वाचनका लागि प्रयोग गर्ने जनाएको छ । तीनवटा मेसिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिनेछ । ती मेसिनहरू मतदान कसरी गर्ने भन्ने’मा प्रतिनिधिलाई सिकाउनका लागि राखिनेछ । पाँचवटा मेसिनहरू जगेडामा राखिनेछ । मतदानका क्रममा कुनै मेसिनमा गडबडी आएमा जगेडाका मेसिनहरू प्रयोग गरिने सुब्बाले बताए ।

एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेसिनमा करिब २२ जनादेखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको करिब २ घण्टाभित्र नतिजासमेत सार्वजनिक गर्ने तयारी आयोगको छ । प्रत्येक मेसिनबाट अलगअलग मतगणना गर्ने भएको हुँदा त्यति समय लाग्ने आयोगको जनाएको छ ।

५० क्षेत्रमा निर्वाचन हुने

एमालेको विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन हुन्छ । १५ जना पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् ।

प्रतिनिधिलाई उम्मेदवारको जानकारी

निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरूलाई मतदान गर्न सहज बनाउन ११ मंसिरमा राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउनेछ । १२ मंसिरमा बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशितप्रति प्रतिनिधिको हातहातमा पुर्‍याइसकिने आयोगको योजना छ । मतदान गर्न सजिलोका लागि प्रतिनिधिलाई प्रकाशितप्रति साथै लान छुट दिइएको छ ।

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *