
२०८१, साउन ९,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार १९ जनाको नाम सार्वजनिक भएको छ ।
काठमाडौंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । सौर्य एयरलाइन्सका अनुसार जहाजमा सवार १९ जना नै एयरलाइन्सका कर्मचारी हुन् । जहाज क्याप्टेन मनिष शाक्य र को पाइलट एस कटुवालले उडाएका थिए ।
जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला र सुदिपलाल जोशी सवार थिए । यसैगरी, सर्वेश मरासिनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुन्यरत्न शाही र आरेफ रेडा जहाजमा सवार थिए । तीमध्ये दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेन मनिष शाक्यको भने उद्धार गरिएको छ ।
क्याप्टेन शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
हेर्नुहोस् विवरण :