एमाले महाधिवेशन : आजदेखि बन्द सत्रको कार्यक्रम सुरु हुँदै
मंसिर ११, चितवन ।। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ ।
बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुन: विधान संशोधनको विषयमा पनि छलफल गर्ने भएको छ ।
यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले बनाएको छ ।
आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ ।
एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने तयारी भए पनि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । रावलले हिजो राति पत्रकार सम्मेलन गरेर आफूले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ ।
वरिष्ठ उपाध्यक्षसहितका पदमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ, तर अहिलेसम्म टुङ्गो लागेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको