बौदीकालीमा झोलुङ्गे पुल बगायो ।
ज्ञानु पंगेनी,कावासोती , १४ भदौ।। पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. तिन र चार जोड्ने बौदीखोलामा निर्माण भएको झोलुङ्गे पुल सोमबार बाढीले बगाएको छ ।
५५ मि. लम्बाईको उक्त पुल प्रदेश सरकारको बजेट मार्फत् निर्माण गरिएको थियो । करीब ७५ प्रतिशत निर्माण सम्पन्न भएको पुल बाढीले क्षती पु¥याएको स्थानीय अगुवा डिल्ली बहादुर रानाले दिनुभयो ।
डेढगाउँ रकुवा हुँदै बौदीखोला सोतीघाट तरेर रुचाङ्ग जाने बाटोमा निर्माणाधीन उक्त पुल सम्पन्न भएर प्रयोगमा आउने बेलामा क्षती पुगेपछि स्थानीयबासी चिन्तीत बनेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रदिपचन्द्र सुवेदीका अनुसार पुलको पिल्लर बाढीले भत्काएर बगाएको छ । भने , लठ्ठा सबै चुडेर खोलामा लत्रीएको छ । यस वर्षको वर्षा सुरु भएपछि बौदीकालीका विभिन्न खोला नदीमा बनाईएको मोटरेवल र झोलङ्गे पुलमा क्षती पुगेको उहाँले बताउनुभयो ।
असार पहिलो हप्ताबाट सुरु भएको वर्षाले बौदीकाली गाउँपालिकामा चार वटा पुलमा क्षती पु¥याईसकेको छ । यसअघि बौदीकाली गाउँपालिका २ डेढगाउँ र तनहुँको घिरिङ्ग गाउँपालिका ४ जोड्ने कालीगण्डकी नदीको पुलमा पनि क्षती पुगेको थियो ।
बौदीकाली दुई र पाँच जोड्ने निरन्दी खोलामा बन्दै गरेको पुलमा समेत बाढीले क्षती पुगेको थियो । भने , बौदीकाली एक र दुई जोड्ने बौदीखोलामामा आएको बढीले पक्की पुल बगाएको थियो ।