एमाले महाधिवेशनः अन्तिम मत परिणाम घोषणा, पदाधिकारीमा कसले कति भोट पाए ? ओलीनिकट यी नेता, जसलाई ओली आफैंले साथ छाडे
१. एमाले महाधिवेशनः ओलीनिकट यी नेता, जसलाई ओली आफैंले साथ छाडे
मंसिर १४, चितवन ।। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा जारी छ। नयाँ नेतृत्वका लागि गरिएको सर्वसम्मत प्रयास असफल भएपछि भएको मतदान प्रक्रिया सम्पन्न भएर अहिले मतपरिणाम पनि सार्वजनिक भइसकेके छ। जसमा केपी शर्मा ओली निर्वाचित भएका छन्।
नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका ओली नै दशौं महाधिवेशनमा पनि अध्यक्ष भएका हुन् । दोस्रोपटक अध्यक्ष बनेका ओलीले यसपटक सर्वसम्मत नेतृत्व चयन गर्न हरसम्भव प्रयास नगरेका होइनन् । तर प्रयास असफल भएपछि अन्ततः निर्वाचनमै जानुपर्यो । यद्यपी केही बरिष्ठ उपाध्यक्ष, महासचिव जस्ता महत्वपूर्ण पद र धेरै संख्यामा केन्द्रीय सदस्यमा भने ओलीले सर्वसम्मत बनाउन सफल रहे ।
नेकपा फूटेर पुरानै अवस्थामा फर्किनुपरेको तथा वर्षौंदेखिका सहयात्री माधवकुमार नेपाल, झलनाथ खनालले पार्टी फुटाएर अर्को पार्टी गठन गरेको एवं ओलीको अधिकांश पाइलामा साथ दिएका बामदेव गौतमसमेत पार्टी बाहिर रहेको अवस्थामा आयोजना गरिएको दशौं महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ। अहंकारी र आडम्बारी नेताको बिल्ला भिरेका ओलीले चारैतिर असहयोगका बाबजुद दोस्रोपटक अध्यक्ष बनेका छन् ।
निर्वाचन नजिकिँदै छ। वर्षौंदेखिका सहयात्रीहरु छुट्टिएका छन्। विगतमा पार्टी एकता गरी नेकपा गठन गर्दाका सहयात्री पुष्पकमल दाहाल लगायत सबै नेताहरुसँग पानी बाराबारको स्थिती छ । यस्तो अवस्थामा आयोजना गरिएको महाधिवेशनलाई ओलीले सर्वसम्मत गराउन पहल कदमी गरेका थिए । सोहीक्रममा उनले केन्द्रीय कमिटिको लिष्ट बन्दसत्र हलमा प्रस्तुत गरेका थिए । जसमा उनले केही पदहरुमा सर्वसम्मत गराउन सफल पनि भए । यो लिष्ट तयार गर्दा ओलीले केही जुनियरलाई केन्द्रीय समितिमा ल्याउन आफ्ना केही अति निकटका सारथीहरुको हात छाडेका छन्।
ओलीनिकट विन्दा पाण्डे यसपाली उपमहासचिव पदमा उठ्ने चर्चा थियो । उनी त्यो क्षमता राख्ने व्यक्ति पनि हुन्। तर ओलीले जारी गरेको सर्वसम्मतिको लिष्टमा पाण्डे परिनन्। बौद्धिक नेता विशेषगरी जेण्डर विषयमा दख्खल राख्ने पाण्डेले एमालेको यो महाधिवेशनमा निर्वाचित हुन १९ सदस्यीय पदाधिकारीमा एक तिहाई महिला आउनुपर्छ भनेर लबिङसमेत गरेकी थिइन् । तर उनलाई ओलीले लिष्टमै पारेनन् ।
ओलीले जारी गरेको लिष्टमा नपरेका केहीले उम्मेदवारी दिए तर पाण्डेले भने दिइनन् । उनले ओलीले आफूलाई कम्फर्टेबल हुने टिम बनाएको प्रतिक्रिया दिएकी छिन्। ‘पहिले प्रक्रियाबाट निर्वाचन भए अध्यक्ष कमरेडलाई काम गर्न त्यति धेरै सहज नहुने खालको मानिस पनि निर्वाचित हुन सक्थे होला’, उनी भन्छिन्, ‘अहिले अध्यक्षले आफूलाई सहज हुने टीम बनाउनुभएको छ। एमालेलाई पहिलो पार्टी बनाउन सहज टीम सेलेक्सन गर्नुभएको छ।’
त्यस्तै पदाधिकारी लिष्टमा नपरेपछि लालबाबु पण्डितले सक्रिय राजनीतिबाट विदा लिने घोषणा नै गरिसकेका छन्। उपाध्यक्षका आकाँक्षी रहेका नेता पण्डित ओलीको सर्वसहमतिको लिष्टमा नपरेपछि असन्तुष्ट बनेका थिए। पछिल्लो समय ओलीलाई साथ दिएका नेता पण्डितले सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट विदा लिने घोषणासमेत गरेका छन्। केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका हुन्। ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना’, नेता पण्डितले भने, ‘अब संगठित सदस्य भएर बस्छु त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु।’
नवौं महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षमा चुनाव लडेका नेता पण्डितले पराजित भएका थिए। मोरङमा डा।शेखर कोइरालालाई चुनाव हराएका पण्डित एमालेका पुराना एवं त्यागी नेतामध्ये एक हुन् । सामान्य प्रशासनमन्त्री हुँदा डिभी भर्ने कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका पण्डित एमालेका लोकप्रिय नेतामध्ये एक मानिन्छन्।
पूर्वमन्त्रीसमेत रहेकी राधा ज्ञवाली पनि ओलीको पदाधिकारीमा लिष्टमा परिनन्। पदाधिकारीमा महिलाको एक तिहाइको हिसाबले सम्मानजनक सहभागिताका लागि लबिङ गरेकी नेता ज्ञवाली लिष्टमा नपर्दा असन्तुष्ट छिन्। एमालेको विधानमा भएको व्यवस्था बमोजिम उनी अर्को महाधिवेशनमा चुनाव लड्न पाउने छैनन्। त्यसैले उनी पदाधिकारीमा आउन चाहेकी थिइन्। तरपनि ओलीले उनलाई समेट्न सकेनन्। निर्वाचनअघि पदाधिकारीमा नसमेटे चुनाव लड्ने बताएकी ज्ञवालीले उम्मेदवारी भने दिइनन्।
अचम्म त यो छ की केपी ओलीसँगै १७ वर्ष जेल बसेका पुराना नेता नरेश खरेल पनि ओलीको लिष्टमा परेनन् । २०३३ सालमा नख्खु जेल ब्रेक गरका नेता खरेल लिष्टमा नपर्दा ओलीले २०५४ सालको रिसिइबी साधेको रुपमा समेत लिएका छन्। जिल्ला विकास समितिको निर्वाचनमा एमालेको आधिकारिक उम्मेदवार थिए खरेल । तर आफूनिकट अर्जुन राईलाई अघि सारेर चरम गुटवन्दी गरेको ओलीमाथि आरोप छ। आफ्नो आलोचना गरेको तुस पोख्न खरेलका विरुद्ध राईलाई उचालेर ओलीले पार्टी पद्धति र संस्थागत निर्णयलाई त्यतिबेलै चुनौती दिई विभाजनको बिउ रोपेको नेताहरुको दाबी छ। तिनै नेता खरेलले ओलीको लिष्टमा नपरे पनि केन्द्रीय सदस्यमा उम्मेदवारी भने दिएका छन्।
ओलीको हरकदममा हातमा हात मिलाएर साथ दिएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई ओलीको सूचिमा परेनन् । यसअघि केन्द्रीय सदस्य भइसकेका भट्टराई यसपटक ओलीले जारी गरेको सूचीमा नपरेपछी धेरैले यसलाई आश्चर्यको रुपमा लिए।
लिस्टमा नपरेपछि भट्टराईले ओलीसँग असन्तुष्टी पनि जनाएका थिए । तर सार्वजनिक रुपमा भने उनले नेतृत्वकै सल्लाहमा आफू केन्द्रीय समितिमा नआएको अभिव्यक्ति दिएका छन् । स्रोतकाअनुसार ओलीले भट्टराईलाई प्रदेश १ को अध्यक्ष बनाउने आश्वासन दिएका छन् । उनी प्रदेश अध्यक्ष बनेमा केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।
भट्टराईले ओली र नेतृत्वकै सहमतिमा आफू लिष्टमा नपरेको बताएका छन्। ‘खासमा पार्टी अध्यक्ष , महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ’, भट्टराई भन्छन्, ‘म यसैपनि संसदीय दलको प्रमूख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु।’
उनले केन्द्रीय सदस्यमा नपर्दैमा आफ्नो भूमिका कमजोर नहुने बताउदै कोही पनि चिन्तित नहुन आग्रहसमेत गरेका छन् । ‘यही कारणले मात्र मेरो भूमिका खुम्चिँदैन, म कमजोर बन्दिन्’, उनले भने ‘नेपाली राजनीतिमा मेरो सानो/ठूलो भूमिका अनवरत रहिरहनेछ । कोही खुसी नहुन कोही चिन्तित नहुन विनम्रतापूर्वक आग्रह गर्दछु ।’
पुराना नेतामध्ये मानिन्छन् मोरङका घनश्याम खतिवडा। ओलीनिकट मानिने खतिवडा पनि केन्द्रीय सदस्यमा परेनन्। मोरङका घरानियाँ व्यापारी मोती दुगडको नाम पर्दा मोरङ क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सांसद खतिवडालाई भने ओलीले केन्द्रीय सदस्य बनाउन चाहेनन्।
यस महाधिवेशनमा अर्को चर्चित नाम हो पर्वतका पदम गिरी । अखिलबाट उदाएका नेता गिरी यसपटक नवप्रदेशकी केन्द्रीय सदस्यका रुपमा चर्चामा थिए । एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदहरुमध्ये सबैभन्दा कान्छो उमेरका नेता गिरी ओलीको लिस्टमै नपर्दा छुटे । उनले पनि ओलीलाई भेटेर असन्तुष्टी पोखेका थिए। स्रोतकाअनुसार उनलाई ओलीले मनोनयन गर्ने आश्वासन दिएका छन्।
त्यस्तै प्रदेश नम्बर २ बाट सुमन प्याकुरेलको नाम ओलीको लिष्टमा परेन। उनले ओलीले जारी गरेको सर्वसम्मतिको लिष्टमा आफ्नो नाम नपरेपछि आश्चर्यचकित भएर असन्तुष्टि जनाएका थिए। सर्वसम्मतिको लिष्टमा नपरे पनि उनले उम्मेदवारी मनोनयन दर्ता गराए र अहिले उनी पुरुष खुलामा सर्वसम्मत निर्वाचित भएका छन् ।
जारी महाधिवेशन आयोजक जिल्ला चितवनका पूर्वअध्यक्ष तथा प्रत्यक्ष निर्वाचित सांसद कृष्णभक्त पोखरेल पनि लिष्टमा परेनन्। केन्द्रीय सदस्यका लागि आश्वासन दिइएका कारण पोखरेलले पार्वती रावललाई जिल्ला अध्यक्ष हस्तान्तरण गरेका थिए। रावल ओली समूहकी हुन्। तर, महाधिवेशनमा ओलीले धोका दिएको भन्दै पोखरेलले असन्तुष्टि जनाएका छन्। अखिलका पूर्व अध्यक्षहरु योगेश भट्टराई, स्व। रवीन्द्र अधिकारीका समकालिन शिव गुरुङ पनि लिष्टमा परेनन्। पार्टीको संघीय मामिला विभागका सचिव रहेका गुरुङ नवौँ महाधिवेशनमा थोरै मतले पराजित भएका थिए ।
प्रेस चौतारी नेपालका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल पनि केन्द्रीय सदस्यको सर्वसम्मत सूचीमा परेनन्। विष्ट नवौँ महाधिवेशनमा माधव नेपालको प्यानल सूचीको गृहकार्यमा नाम रहेर पनि उम्मेदवारी दर्ता गर्दा अन्तिममा सूचिबाट हटाइएका थिए।
त्यस्तै अखिलका पूर्व उपाध्यक्ष तथा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण सदस्य पनि सूचीमा परेनन्। त्यस्तै पूर्वअध्यक्ष ऐन महर, पूर्व उपाध्यक्ष रश्मी आचार्य, युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल र वचन सिंहको नाम पनि छुटेको छ। यस्तै सुरेन्द्र मानन्धर, बुद्धिकुमार राजभण्डारी, मानवीर राई, सोनाम ग्याल्जेन शेर्पा, कृपाशुर शेर्पा पनि सूचीबाट छुटेका छन् ।
यी जुनियर जसले अवसर पाए
अखिलका वर्तमान अध्यक्ष सुनिता बराल, युवा संघका पूर्वकोषाध्यक्ष गोविन्द थापा, युवा संघकै अध्यक्ष किरण पौडेल भने यसपटक नयाँ अनुहारका रूपमा केन्द्रीय सदस्य बनेका छन् । बराल र थापा ओलीकै गृहजिल्ला झापाका हुन् । ओलीनिकट र गृहजिल्लाकै भएकै कारण लामो समयदेखि पार्टीमा काम गरेका सिनियरलाई छाडेर जुनियरलाई केन्द्रीय सदस्य बनाएको उनीहरुलाई आरोप लागेको छ।
२. एमाले महाधिवेशनस् १७ बुँदे घोषणापत्र जारी
चितवनको सौराहामा जारी एमालेको १०औँ महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र वाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।
१० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो ।
घोषणापत्रमा जनादेश सहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिबद्धता छ ।
घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकताबद्ध हुन आह्वान गरेको छ ।
३. कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना घाइते
कास्कीमा यात्रवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा भैरहवाबाट बागलुङका लागि छुटेको बस सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बस चालक पाल्पाका भुपनाथ खनालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बागलुङका शिवराम शर्मा, कृष्ण खड्का, राजु श्रेष्ठ, उमलाल श्रेष्ठ, सुवर्ण सापकोटा, पर्वत फलेवासका सूर्य तिवारी, चितवन भरतपुरका साधना उपाध्याय, दुर्घटनास्थल पाउदुरकी माया विक घाइते भएका कास्की प्रहरी प्रवक्ता सुन्दरमणी तिवारीले जानकारी दिए ।
उनीहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
४. भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल
नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् ।
पार्टीको १० महाधिवेशन स्थल चितजनमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई मत नदिनू भन्दै ओली समूहका नेताहरूलाई पर्चा बाँडिएको थियो । जसलाई रावलले आचारसंहिताविरपरीत भएको आरोप लगाएका थिए ।
तर, निर्विरोध निर्वाचित महासचिव पोखरेलले भने महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको प्रतिक्रिया दिएका हुन् ।
‘होइन, त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेदवारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गर्नुभएको छ । र अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषितै छ । कुनै अनौठो कुरा होइन । घोषित प्रस्तावलाई प्रचार गरियो भन्ने कुरा अनौठो होइन’, पोखरेलले पत्रकारसँग भने ।
५. राप्रपा महाधिवेशन स: राजेन्द्र लिङ्देन बलियो बन्दै, प्रकाशचन्द्र लोहनीको समर्थन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ ।
युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा. लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् ।
‘मंगलबार बिहान साढे ११ बजे डा. लोहनीले लिङ्देनलाई समर्थन रहेको घोषणा गर्दै छन्’, राप्रपा युवा नेता सुजित केसीले न्युज कारखानासँग भने । यसका लागि जमलस्थित एलो प्यागोडा होटेलमा कार्यक्रम राखिएको उनले जानकारी दिए ।
हाल राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा. लोहनी तीन जना नेतृत्वमा छन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । स्रोतका अनुसार जबराले पनि लिङ्देनलाई समर्थन जनाउने तयारीमा छन् । तर, उनी हालसम्म कुनै पक्षमा खुलिसकेका छैनन् ।
नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।
भोलि बुधबारबाट सुरू हुने राप्रपा महाधिवेशनमा हालसम्म थापा र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । महाधिवेशनको अघिल्लो दिनसम्म उम्मेदवारी घोषणा नगरेका जबराले लिङ्देनलाई समर्थन गर्ने राप्रपा एक नेताको दाबी छ ।
६. आफ्ना नेता कार्यकर्तालाई देउवाले भने–अर्काको पार्टीको चिन्ता नगर्नुहोस्
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरूको पार्टीको चिन्ता नगर्न नेताहरूलाई नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
मंगलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरूको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन् । उनले विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकताबद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले अरूको पार्टीमा आँखा लायन छोडेर आफ्नो पार्टीलाई अरूको भन्दा ठुलो पार्टी बनाउन जोड दिनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक भएर जानु छ, एकजुट हुनु छ । तपाईँहरूलाई थाहै छ, सत्य कुरा लुक्दैन । पार्टी भित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए । आगामी दिनमा यो पार्टीलाई एकताबद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरूको पार्टी कस्तो छ रु आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरूको पार्टीको चिन्ता उनीहरूलाई गर्न दिनुस् न किन हामी गर्ने रु आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ । उहाँहरूको भन्दा ठुलो पार्टी बनाउँ ।’
प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए । उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे । प्रधानमन्त्री देउवाले बुढापाकाहरूलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाएका छन् ।
प्रधानमन्त्री देउवाले भने, ‘अहिले हाम्रो विश्वप्रकाशले अति महत्त्वपूर्ण कुरा उठाउनु भएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईहरुले । उहाँको समयमा उहाँले कति गर्नुहुन्छ । अरूलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु । अहिले नहतारिनुस्, अहिले हत्तारिएर के गर्नुहुन्छ पछि रु समय आइहाल्छ नि । त्यस्तै प्रकाश महतजीले पनि भन्नुभयो, निर्णय नै गर्न सक्दैन निर्णय ढिलोढिलो गर्छ भनेर । निर्णय भन्दैमा जथाभाबी गर्नु, जे पायो त्यही त गर्नु भएन नि । निर्णय भनेको सोचविचारले गर्नुपर्छ । निर्णय गरेर पछुताउनु भन्दा ढिलो निर्णय गर्नु बेस हुन्छ । सोच विचार गरेर गर्नुपर्छ । त्यस कारण तपाईँहरूलाई भोलि निर्णय गर् निर्णय गर् भनेर फसाउलान् नि । निर्णय गर्ने इच्छा राख्नु भएका नेता हुनुहुन्छ, को हुन्छ त थाहा छैन, नेता हुने इच्छा चाहिँ छ, भविष्यमा सफल हुनुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु । त्यसैले अर्ति भनेको बुढापाकाहरूबाट सिक्नुपर्छ क्या, त्यस कारण बुढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस् । त्यस कारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला । हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । बिपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन पालो आउँछ । तपाईँको पालो आइहाल्छ हतार नगर्नुस् ।’
प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्र कोल लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताएका छन् ।
७. एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, अरूले शपथ र बधाई थाप्दा टुलुटुलु हेरेर बसिरहे भीम रावल र घनश्याम भुसाल
नेकपा एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट शपथ लिनुभयो भने बाँकी पदाधिकारीले अध्यक्ष ओलीबाट शपथ लिएका छन् ।
नेकपा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग हारेका भीम रावल लामो समय मञ्चमा ओलीसँगै बस्नुभएको थियो ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विजयी पदाधिकारी र केन्द्रीय सदस्यको नाम लिइरहँदा रावल र अर्का नेता घनश्याम भुसाल निराश देखिनुहुन्थ्यो ।
त्यसअघि मत परिणाममा ढिलाइ भएको बेला मञ्चमा सँगै बसेका ओली र रावलले बेला–बेला कानेखुसी गरेको पनि देखिन्थ्यो । भीम रावलले मास्क खोल्नुभएको थिएन भने घनश्याम भुसाल मास्कविनै मञ्चको पछिल्लो भागमा बस्नुभएको थियो ।
८. नेपाल बारद्वारा गोलाप्रथाबाट पेसी तोक्ने कार्यको स्वागत
नेपाल बार एशोसिएशनले मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ।
बारको सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र विशेष अदालतमा पनि गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा गत साउन १७ र जिल्ला, उच्च, विशेषमा मङ्सिर १ गतेदेखि लागू गर्ने भनिए पनि सोअनुसार नभएकाले सर्वोच्च अदालत नियमावली संशोधन गरी लागू गर्न सर्वोच्च अदालतको पूर्ण बैठकसँग माग गर्ने निर्णय गरिएको उल्लेख छ।
उक्त नियमावली संशोधन भई नआएसम्म विरोधस्वरुप जिल्ला, उच्च तथा विशेष अदालतमा कालोपट्टी बाँधी दैनिक एक घण्टा धर्ना गरी बाँकी समयमा व्यवसाय गर्न, गराउन सम्पूर्ण एकाइलाई लेखी पठाउने बारले निर्णय गरेको छ।
९. एमाले महाधिवेशन : अन्तिम मत परिणाम घोषणा, पदाधिकारीमा कसले कति भोट पाए र?
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा विभिन्न आयोगका अध्यक्ष र सदस्यहरूमा निर्वाचित नेताहरूको नामावली औपचारिक रूपमा घोषणा भएको छ ।
पार्टीको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको मत परिणाम र निर्विरोध निर्वाचित नेताहरूको नाम घोषणा गरेका हुन् ।
अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । ओलीले १८३७ र उनका प्रतिस्पर्धी भीम रावलले २ सय २३ मत प्राप्त गरे ।
यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य १९७६, सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्वाङ १८६५, विष्णुप्रसाद पौडेल १८५६, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा बादल १७६८ मत ल्याएर विजयी भए ।
उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने ७२५ मत ल्याएर पराजित भएका छन् ।
महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सचिवमा गोकर्ण विष्ट १९७४, योगेश भट्टराई १९६०, टोपबहादुर रायमाझी १८०४, छविलाल विश्वकर्मा १८०३, पद्मा अर्याल १७९९, लेखराज भट्ट १७०४ र रघुवीर महासेठ १५०० मत ल्याएर विजयी हुँदा ७ सय ८८ मत ल्याएका भीम आचार्य र ५ सय ५९ मत ल्याएका टंक कार्की पराजित भए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती