एमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी: नेता रावल
२६ मंसिर, काठमाडौं ।। नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन्।
लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए।
नेकपा एमालेले राखेकाे मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुँदे सहमतिको लागि दिनहुँ बालकोट र कोटेश्वर गएर निकै मेहनतका साथ सहमतिको खाका तयारी गरे पनि कार्यान्वयन नहुँदा पार्टी फुटेको रावलको आरोप छ।
नेता रावलले १०औं महाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए। पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले सहमतिमा अघि बढौं भनेर दुई घण्टाभन्दा बढी अध्यक्ष ओलीसँग छलफल गरेको उनको भनाइ छ।
आफूले भनेको कुरा पार्टी अध्यक्षले सुनुवाइ नगर्दा पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षको उम्मेदवार बनेको रावलले बताए। उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन्।
चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको नेता रावलको भनाइ छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले