+
+
-- Sponsored Ad --

अपाङ्गता भएका नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट

347 पटक हेरिएको
Clock २०७८ मंसिर २९, बुधबार ०७:३१
-- Sponsored --

२९ मंसिर, अर्घाखाँची ।। अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक सवारी प्रयोग गर्दा ५० प्रतिशत छुट पाउने भएका छन्। 

जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरक्षा निकायका प्रमुखसहित बसेको सर्वपक्षीय बैठकले अपाङ्गता भएकाको लागि छुट सुविधा कडाइका साथ लागू गर्ने निर्णय गरेसँगै कार्यान्वयनमा आएको हो। 

अपाङ्गताको अधिकार सम्बन्धी ऐनमा छुट दिनुपर्ने स्पष्ट व्यवस्था भए पनि अर्घाखाँचीमा कार्यान्वयन नभएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले कडाइका साथ छुट सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। 

छुट प्राप्तिका लागि अपाङ्गता भएकाहरूले नेपाल सरकारले उपलब्ध गराएको आधिकारिक परिचयपत्र साथमा राख्नुपर्नेछ।

निर्णय भएसँगै छुटको निर्णय कार्यान्वयनमा आइसकेको भन्दै छुट प्राप्त नभएमा नजिकैको प्रहरीसँग गुनासो गर्न प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले अनुरोध गरे। कार्यान्वयन नगरेको पाइएमा तत्कालै कारबाही गर्ने थापाको भनाई छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win