
२८ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् ।
प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् ।
मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए ।
रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री गिरीले मन्त्री परिषद विस्तार गर्न थप समय लाग्ने बताएका छन् ।