+
+
-- Sponsored Ad --

एमसीसी खारेज नगरे कडा आन्दोलन गर्ने विप्लवसहितका ६ कम्युनिस्ट पार्टीको चेतावनी

426 पटक हेरिएको
Clock २०७८ मंसिर २९, बुधबार ०७:३५
-- Sponsored --

२९ मंसिर, काठमाडौं ।। ६ वटा कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी)तत्काल फिर्ता नलिए वा खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। 

नेत्रविक्रम चन्द ‘विप्लव’, मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोनलको घोषणा गर्ने चेतावनी दिएको छ। 

मंगलबार नेताहरुको हस्ताक्षरमा जारी विज्ञप्तिमा एमसीसीविरुद्ध मंगलबार दिउँसो भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरिएको छ।

त्यसक्रममा आफ्ना ७३ जना नेता कार्यकर्ता पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ। उनीहरुको तत्काल रिहाइको माग गरिएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win