स्वास गन्हाउने समस्या छ ? यो घरेलु विधीले छुटकारा दिलाउछ ।

काठमाडौं। प्राय मानिसहरुको सास गन्हाउने समस्या हुन्छ। दाँत लाई दिनको दुई पटक वा सो भन्दा बढी माझ्ने, माउथ वाश प्रयोग गर्ने वा मुख सफा राख्ने जस्ता कार्य गरे पनि सास गन्हाउने समस्याले हैरान नै बनाउँछन्। यसले गर्दा अरुको अगाडी गएर निस्फिक्री कुरा गर्न नसकिने वा अरुले पनि तपाईं लाई त्यति धेरै मन नपराउने जस्ता समस्याहरु झेल्नुपर्ने हुन्छ। यदि सहनै नसक्ने गरि सास गनाउँछ भने डाक्टरसंग सल्लाह लिएर उपचार गराउनु बेस हुन्छ।

तर कतिपय अवस्थामा आफ्नै लापरबाह वा मुखको राम्रो सफा नगर्नाले यस्तो समस्या आउँछन्। सास गनाउने समस्या रोक्न यस्ता घरेलु चिजहरु छन् जुन प्रभावकारी र अचुक औषधी सावित भइसकेको छ। यस समस्या बाट छुटकारा पाउन बेकिंग सोडा एक अचुक औषधी हो जसले सास गन्हाउने समस्यालाई पूर्ण रुपमा हटाउँछ। विस्तारमा हेर्नुहोस् कसरी प्रयोग गर्ने ?

१. बेकीङ सोडाले मुख पखाल्ने: आधा कप पानीमा सानो चम्चा को आधा बेकीङ सोडा राख्ने। बेकीङ सोडालाई पानीमा घोलिसकेपछी मुखमा राखेर भित्र वरिपरी पुर्याउने। त्यसपछि पानीलाई फाल्ने र मुख राम्ररी पखाल्ने।

२. बेकीङ सोडाले ब्रस गर्ने: थोरै बेकीङ सोडाको पाउडरलाई कचौरामा राख्नुहोस्। अब थोरै मात्रा ब्रसमा लिएर दैनिक ब्रस गरे जसरी नै दाँतलाई माझ्नु होस्। यसरी ब्रस गरिसकेपछि मुखलाई राम्ररी पखाल्नुहोस्।

३. बेकीङ सोडा र कागतीको रस: सानो एक चम्चा बेकीङ सोडा र कागतीको रस लिने। आधा कप जति पानीमा बेकीङ सोडा र कागतीको रस मिसाउने। यी तीनओटै चिज मिक्स गरेपछि यस पानीलाई मुखमा राखेर १ वा २ मिनेटको लागि गर्गल गर्ने।

यस विधिलाई बिहान, दिउसो र राती गरि तीन पटक सम्म प्रयोग गर्न सक्नुहुनेछ। यसो गर्नाले तपाईंको सास गन्हाउने समस्या १ देखि २ हप्ता भित्र देखि नै कम हुँदै जान्छ र निरन्तर यस विधिलाई अपनाउनु भयो भने पूर्ण रुपमा छुटकारा पाउनु हुनेछ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २८, आईतवार २२:१५
    • 53 views
    पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

    काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

    विस्तृत.....

    • २०८१ पुष ३, बुधबार १८:३४
    • 77 views
    छाला चिलाउने समस्या कुन भिटामिनको कमीले हुन्छ ?

    काठमाडौं । छाला चिलाउँदा हामीलाई धेरै असहज महसुस हुन सक्छ । यो समस्या फंगल संक्रमणसहित धेरै कारणले हुने गर्छन् । छाला चिलाउने समस्या एक भागबाट सुरु भएर सम्पूर्ण भागमा फैलिन सक्छ ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *