+
+
-- Sponsored Ad --

नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी दुर्घटना : ११ जना घाईते, एकको अवस्था गम्भीर

439 पटक हेरिएको
Clock २०७८ पुष १०, शनिबार १८:२५
-- Sponsored --

एन सञ्चार, पौष १०, चितवन :  मुग्लिन नारायणगढ सडक खण्डमा सवारी दुर्घटना भएको छ ।  आज (शनिबार) दिउँसो पौने तीन बजे भतेरी जंगलमा बिरगन्जबाट काठमाण्डौ तर्फ गई रहेको बा३ख ९६७९ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना६ख ५८६६ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुबै सावारी साधनमा सवार चालक सहित ११ जना घाईते भएका छन् ।

बसमा सवार १० जना घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेजमा पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गम्भीर अवस्थामा रहेका ट्रक चालकको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

उक्त स्थानमा खटिएको प्रहरी टोलीले क्रेनको मद्दतले दुबै सवारी साधनलाई सडकबाट हटाई बाटो सुचारु गरिएको प्रहरीले जनाएको छ ।

 

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win