परासी । भारतको अयोध्यास्थित राम मन्दिरमा भएको प्राण प्रतिष्ठाको खुशीयालीमा नवलपरासीका विभिन्न स्थानमा र्याली निकालिएको छ ।
अविरजात्रा गर्दै विभिन्न स्थानबाट मोटरसाइकल र पैदल यात्रामार्फत आएका धार्मिक र्यालीले सदरमुकाम परासी बजार परिक्रमा गरेका थिए ।

