+
+
-- Sponsored Ad --

कालापानी क्षेत्रका नेपाली गाउँ गुन्जी, नाबी र कुट्टीमा उत्तराखण्डका गभर्नरको भ्रमण

406 पटक हेरिएको
Clock २०७८ पुष १८, आईतवार १९:०१
-- Sponsored --

एन सञ्चार, पुष १८ः

उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट जनरल गुरमित सिंहले भारत सरकारले अतिक्रमण गरेको नेपाली भूभाग गुंजी, नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका अवसरमा सिंहले सुरक्षा निकाय र स्थानीयवासीसँग भेट गरेका थिए ।

बोडर रोड्स अर्गनाइजेसन (बीआओ) अन्तर्गतको सीमा सडक निर्माणका गतिविधि अवलोकनका क्रममा सिंह अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार सो क्षेत्रको भ्रमण गरेका हुन् ।

 सो क्षेत्रलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । साे अवसरमा टाढाको गाउँमा र बीआरओ पोस्टमा पहिलो पटक पुग्दा आफूलाई खुसी लागेको उनले बताएका थिए ।

सो अवसरमा लेफ्टिनेन्ट सिंहले बीआओले सीमा क्षेत्रको पूर्वाधार विकासमा ठूलो कार्य गरेको दाबी गरेका थिए ।  
 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win