वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारका ५ सदस्यहरु कोरोना संक्रमित

  • समाचार
  • २०७८ बैशाख ७, मंगलवार ००:४७

काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। 

श्रेष्ठले आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूसहित परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्। 

‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी गरी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले आफ्नो फेसबुक अकाउन्टको स्टाटसमा लेखेका छन्। 

उनले कोरोना संक्रमणबाट जोगिन सबैलाई अनुरोधसमेत गरेका छन्। ‘कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ। त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले लेखेका छन्।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 33 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *