+
+
-- Sponsored Ad --

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारका ५ सदस्यहरु कोरोना संक्रमित

528 पटक हेरिएको
Clock २०७८ बैशाख ७, मंगलवार ००:४७
-- Sponsored --

काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। 

श्रेष्ठले आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूसहित परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्। 

‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी गरी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले आफ्नो फेसबुक अकाउन्टको स्टाटसमा लेखेका छन्। 

उनले कोरोना संक्रमणबाट जोगिन सबैलाई अनुरोधसमेत गरेका छन्। ‘कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ। त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले लेखेका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win