छाला चिलाउने समस्या कुन भिटामिनको कमीले हुन्छ ?

काठमाडौं । छाला चिलाउँदा हामीलाई धेरै असहज महसुस हुन सक्छ । यो समस्या फंगल संक्रमणसहित धेरै कारणले हुने गर्छन् । छाला चिलाउने समस्या एक भागबाट सुरु भएर सम्पूर्ण भागमा फैलिन सक्छ । यस्तो अवस्थामा समयमै उपचार गर्नु निकै आवश्यक हुन्छ । छाला चिलाउने समस्या धेरै कारणले गर्दा हुन सक्छ । जस्तै कुनै खानाको एलर्जी, कुनै वस्तुको एलर्जी  र कुनै औषधीको रियाक्सनले गर्दा पनि हुने गर्छ । यस बाहेक यदि हाम्रो शरीरमा केही भिटामिनको कमी भएमा पनि यो समस्या देखिने गर्छ । हाम्रो शरीरमा कुन भिटामिनको कमीले छाला चिलाउने समस्या आउने गर्छ । आज हामी त्यसको बारेमा जानकारी दिनेछौँ ।  

भिटामिन ए  ः

शरीरमा भिटामिन ‘ए’ को कमीले गर्दा छाला चिलाउने समस्या हुन सक्छ । भिटामिन ए को कमीले छाला सुख्खा र कडा हुने गर्छ । यदि तपाई छाला चिलाउने अनुभव गर्दै हुनुहुन्छ भने, एक पटक शरीरमा भिटामिन ए  को कमी छ कि  छैन भनेर परीक्षण गराउनु निकै आवश्यक हुन्छ । यसबाहेक हामीले आफ्नो आहारमा भिटामिन ए युक्त खानेकुराहरु जस्तै अण्डाको पहेँलो भाग, सुन्तला, गाजर, कलेजो, टमाटर, मेवा र आलु जस्ता खानाहरू समावेश गर्न सक्छौँ । यी खानेकुराहरुले हाम्रो शरीरमा कमी भएको भिटामिन ए को मात्र पूरा गर्न मद्दत गर्छ ।  

भिटामिन बी १२  ः

भिटामिन बी १२ को कमीले पनि शरीरमा चिलाउने समस्या हुन आउन सक्छ । जसका कारण हाम्रो छालामा धेरै दागहरु आउन सक्छन् । बी १२ को कमीले कसै कसैमा एकै साथ हात र खुट्टा नै चिलाउने समस्या देखिन सक्छ । शरीरमा भिटामिन बी १२ को कमीलाई पूर्ति गर्न मासु, माछा, दूध, दही, कुखुरा, अण्डाका साथै केही हरियो सागसब्जी र फलफूल जस्तै ब्रोकाउली, केरा, सुन्तला, ब्लुबेरी, सुन्तला आदिलाई आफ्नो आहारमा समावेश गर्न सकिन्छ ।

भिटामिन बी ३  ः

शरीरमा भिटामिन बी ३ अर्थात् ‘नियासिन’ को कमीले पनि छालामा चिलाउने समस्या आउन सक्छ । यसको कमीले गर्दा छालामा चिलाउने मात्र होइन, दाग र घाउ पनि हुने सम्भावना धेरै हुन्छ । भिटामिन बी ३ को कमीलाई पुरा गर्नका लागि हामीले हाम्रो आहारमा कुखुराको ब्रेस्ट,माछा, बदाम, ब्राउन राइस, मल्टिग्रेन पिठोको सातु वा रोटी आदि समावेश गर्न सक्छौँ । 

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ ३, बिहीबार ११:५९
  • 145 views
एचपीभी खोप लगाउन किन जरुरी छ?

कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको…

विस्तृत.....

  • २०८१ पुष २८, आईतवार २२:१५
  • 65 views
पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *