+
+
-- Sponsored Ad --

कोटेश्वरबाट पठाओ राइडर अपहरित, दुई जना पक्राउ

272 पटक हेरिएको
Clock २०७८ माघ ९, आईतवार १७:२८
-- Sponsored --

९ माघ, काठमाडौं । कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् ।

शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पुर्याइ अपहरण लुटपाट गरेका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर दुई व्यक्ति फरार भएका थिए ।

‘आइतबार बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए’ उनले  भने, ‘खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।’

रातिबाट थालिएको अनुसन्धानका क्रममा पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई पक्राउ गरिएको पोखरेल बताउँछन् ।

ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

‘चोरी भएको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल र सँगै चोरी भएको मोबाइल पनि उनीहरुको साथबाट बरामद भएको छ’ शाहले भने, ‘थप अनुसन्धान जारी छ ।’

अनलाइनखबरबाट………………

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win