+
+
-- Sponsored Ad --

कार्यव्यवस्थाको बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल

315 पटक हेरिएको
Clock २०७८ फाल्गुन २२, आईतवार १३:२७
-- Sponsored --

२२ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित छ ।

नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

जबराविरुद्ध सत्ता गठनबन्धनका सांसदहरुले फागुन १ गते संसदमा महाअभियोग दर्ता गरेका थिए ।

संसद सचिवालयले नै आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकका लागि आन्तरिक कार्यसूचीमा महाअभियोग सिफारिस समिति गठन गर्ने विषय राखेको थियो । सोही अनुसार कार्यव्यवस्था समितिका सदस्यहरुले धारणा राखिरहेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win