0 प्रतिक्रिया
ललितपुरको सातदोबाटो-चापागाउँ सडक स्थानीयले गराए बन्द
८ चैत, काठमाडौं । ललितपुरको सातदोबाटो–चापागाउँ सडक स्थानीयले बन्द गराएका छन् । सडकमा धुलो उडेको भन्दै स्थानीयवासी भेला भएर सडक बन्द गराएका हुन् ।
ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडकखण्डमा यात्रा गर्नेहरु हैरान छन् ।
सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई वैकल्पिक रुटको रुपमा धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउ–जाउ गर्ने व्यवस्था मिलाइएको छ । जसका कारण सातदोबाटो, जेम्स स्कुल, धापाखेल क्षेत्रमा सवारी साधनको निकै चाप छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



