दिपक विश्वकर्मा , स्याङ्जाः  स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका वडा न.४ स्थित श्री जन माध्यमिक विद्यालयले ६५औ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

शुक्रबार एक विशेष समारोहको आयोजना गरी विद्यालयले ६५ औ बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव समारोहको समुदघाटन अर्जुनचौपारि गाउँपालिका उपाध्यक्ष सपना गुरुङबाट पानसमा बत्ती बालेर उदघाटन गरिएकाे थियाे ।

प्रमुख अतिथि गुरुङले आफुलाई सबै राजनीतिक दलहरुले मत दिएर जिताएको हुनाले आफ्नो कार्यकालमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाइन ।

६५औ वार्षिकोत्सब लाई सम्बोधन गर्दै गुरुङले शैक्षिक सुधारका लागि पालिकाले धेरै कदमहरु चालेको र शिक्षाका लागि आवश्यक पर्ने बजेट तथा पालिकाबाट गर्न पर्ने सहयोगमा कुनै कमि हुन नदिने जिकिर गरिन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आत्माराम चापागाईंले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै रु.२,१२,४०,२०४/२६ पैसाको आर्थिक प्रतिवेदन सुनाएका थिए । साथै अक्षयकोष दाताहरुले रकम थप गरेका थिए।

वार्षिकोत्सबकै अवसरमा ३१ बर्ष सम्म अध्यापन गराइ सेवा निवृत निवर्तमान प्र.अ.तारापति पौडेललाई स -सम्मान विदाइ गरिएको थियो। कार्यक्रममा अध्यक्ष सग विद्यार्थी कार्यक्रम अन्तर्गत अर्जुनचाैपारी ४ वडा कार्यालयले ५२ विद्यार्थीलाई  न्यानो कपडा सुइटर वितरण गरेको छ ।  

विद्यार्थीका विभिन्न सास्कृतिक प्रस्तुतीहरुले कार्यक्रमकाे  शोभा बढाएको थियो । कार्यक्रमका वक्ताहरु डोल प्रसाद चापागाईं,बेल प्रसाद गुरुङ ,निवर्तमान प्र.अ.तारापति पौडेल ,शिक्षिका तिल कुमारी रोका के.सि , देवि रिजाल पौडेल दुर्गा बहादुर नेपाली,विद्यार्थी अनिस चापागाईं,रोशनि घर्ती लगायतले सबै जना मिलेर जन मावि लाई उत्कृष्ट बनाउन सबै जना आफ्नो आफ्नो ठाउँबाट लागिपर्ने अठाेट व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिअध्यक्ष चक्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको सञ्चालन शिक्षक नारायण काफ्लेले गरेका थिए ।