+
+
-- Sponsored Ad --

कांग्रेसले आज चुनावी समीकरण र उम्मेदवार छनोट मापदण्ड निर्धारण गर्ने

361 पटक हेरिएको
Clock २०७८ चैत्र १४, सोमबार ११:०८
-- Sponsored --

१४ चैत, काठमाडौं । आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज औपचारिक निर्णय गर्दै छ ।

तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठक चुनावमा तालमेल गर्ने निर्णय गर्दै आज सकिने छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी तालमेल लगायतका विषयमा आजको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।

हिजोको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले बढीभन्दा बढी सफलता हासिल हुने गरी तालमेल गर्नुपर्ने मत राखेका थिए ।

आजको केन्द्रीय समिति बैठकले तालमेलको मोडालिटीसमेत तयार पार्ने छ ।

 
बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ ।

संसदीय समितिलाई प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win