जलवायु परिवर्तनका कारण युरोप सिंगो गर्मीको चपेटामा
काठमाडौं । जलवायु परिवर्तनका कारण युरोप सिंगो गर्मीको चपेटामा परेको छ ।
युरोपमा तापक्रम अत्याधिक बढ्दा जनजीवन कष्टकर बनेको छ । साथै युरोपका विभिन्न जंगलमा अहिले आगलागी भईरहेको छ । बेलायत, पोर्चुगल, स्पेन, फ्रान्सलगायतका देशहरू चर्को तातोसँग लडिरहेका छन् । जंगलमा लागेको आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक हेलिकाेप्टर र सयौं जनशक्ति परिचालन गरिएको छ । उत्तरी पोर्चुगलमा आगो निभाउने क्रममा एक जना पाइलटको समेत निधन भएको छ ।
फ्रान्सको गिरोन्दे क्षेत्रमा लागेको आगोका कारण कम्तिाम १२ हजार मानिसलाई अन्यत्र सारिएको छ भने स्पेनको कोस्टा डी सोलको जंगलमा आगो लागेका कारण २ हजार …
युरोकप महिला फुटबलमा जर्मनी र स्पेन विजयी
काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपमा शनिबार राति जर्मनी र स्पेन विजयी भएका छन् ।
समूह ‘बि’ का अन्तिम खेलहरूमा जर्मनीले फिनल्याण्डलाई ३–० ले पराजित गर्दा स्पेनले डेनमार्कमाथि १–० को जित निकालेकाे हाे । योसँगै जर्मनीले समूहका सबै तीन खेल जितेर ९ अंकसहित समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकाे छ ।
दुई खेल जितेर ६ अंक बटुलेको स्पेन पनि क्वाटरफाइनलमा पुगेकाे छ । जर्मनीले अब क्वाटरफाइनलमा अष्ट्रियाको सामना गर्नेछ भने स्पेनको भिडन्त इंग्ल्याण्डसँग हुने भएकाे छ । युरोकप फुटबलमा आइतबार समूह ‘सी’ का अन्तिम लिग खेलहरू हुने भएका छन् ।
आइतबार राति …
अमेरिकामा फैलियो मंकीपक्स, ४३ राज्यका १ हजार बढि संक्रमित
एजेन्सी । अमेरिकामा पछिल्लो समय मंकिपक्स संक्रमितको संख्या बढ्न थालेको छ ।
अमेरिकाको ४३ राज्यका १ हजारभन्दा बढीमा मंकीपक्स संक्रमण पुष्टि भएको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १ सय ६१ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि भएको छ ।
त्यसैगरी न्युयोर्कमा १ सय ५९ र इलिनोइमा १ सय ५२ जनामा उक्त रोगको संक्रमण देखिएको सीडीसीले उल्लेख गरेको छ ।
बिफर र मंकीपक्स रोकथामका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोपको एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा लगाइएको छ ।
विशेषज्ञहरूका अनुसार संक्रमित बढ्दै …
विश्व बैंकबाट नेपाललाई पौने १३ अर्ब ऋण स्वीकृत
३१ असार, काठमाडौं । विश्व बैंकले नेपालका लागि एक सय मिलियन डलर (पौने १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले उक्त ऋण स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।
ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट ((जीआरआईडी) का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले कोभिड-१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताएका …
डलरको मूल्यमा नयाँ रेकर्ड
३१ असार, काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार असार ३१ गते (१५ जुलाई २०२२) मा डलरको मूलय पुनः नयाँ उचाइमा पुगेकेा हो ।
शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा थप कमजो बन्दा त्यसको प्रभाव नेपाली मुद्रमा पनि परेको छ । नेपाली र भारतीय मुद्रामा स्थिर विनिमय दर रहेको छ । जसले गर्दा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर …
चीनलाई उछिन्ने भारतको ‘डेमोग्राफिक सिफ्ट’को अर्थ
३१ असार, काठमाडौं । सूचकहरू ठीकठाक रहे आगामी चार महिनामा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्नेछ । अहिलेको जनसङ्ख्या ७ अर्ब ९५ करोडभन्दा बढी छ । १२ वर्षअघि विश्वको जनसङ्ख्या सात अर्ब थियो ।
थपिएको आठ अर्बमध्ये आधा एसियाको जनसांख्यिक विस्तारको परिणाम हो । कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर नेपालको जनसङ्ख्या २ करोड ९४ लाख पुग्ने अनुमान छ ।
यो तथ्यांकको रोचक तथ्य के हो भने आठ अर्बको वैश्विक जनसङ्ख्या वृद्धिमा सबैभन्दा बढी योगदान नेपालको छिमेकी मुलुक भारतको छ । भारतले जनसङ्ख्याको आकारमा सन् २०२३ मा चीनलाई पनि …
तिब्बती शरणार्थीको अधिकारमा जोड दिनेछु : प्रस्तावित अमेरिकी राजदूत थम्पसन
३० असार, काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले नेपालमा रहेका तिब्बती शरणार्थी र सीमान्तकृत समुदायको अधिकारलाई जोड दिएर काम गर्ने बताएका छन् ।
थम्पसनले ‘आफू नेपालका लागि राजदूतमा अनुमोदन भए के गर्ने’ भन्ने योजना अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुनुवाइमा धारणा राख्ने क्रममा आफ्नो योजना प्रस्तुत गरेका हुन् ।
‘राजदूत भएर सेवा गर्ने अवसर पाएको खण्डमा नेपालका नागरिक र त्यहाँ बसोबास गर्ने सबैको अधिकारका लागि जोड दिनेछु । त्यसमा दलित, सीमान्तकृत र तिब्बतीलगायत शरणार्थी समुदायहरू रहने छन्,’ उनले जवाफ दिने क्रममा भनेका छन्, ‘म नेपाल सरकारलाई अर्थपूर्ण समावेशी, आर्थिक …
मलेसियामा कोरोना संक्रमित बढ्दो, एकैदिन २३ सय ४५ मा संक्रमण
एजेन्सी । मलेसियामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।
पछिल्लो समय एकै दिन २ हजार ३ सय ४५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
यससँगै कोरोना सुरु भएयता हालसम्म कोभिड संक्रमितको संख्या मलेसियामा ४६ लाख ७ सय बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विदेश भ्रमणबाट फर्केका ३ जनामा कोरोेना देखिएपछि उनीहरूको सम्पर्कमा आएकाहरूमा परीक्षण गर्दा २ हजार ३ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण त्यहाँ तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८ सय १९ …
श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
२९ असार, काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् ।
प्रधानमन्त्री विक्रमसिंघेले देशमा संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।
आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ ।
कार्यालय प्रदर्शनकारीले नियन्त्रणमा लिए पनि विक्रमसिंघ भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ ।
यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भागिसकेका छन् । राजापक्षे भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका थिए ।
श्रीलंकाको आर्थिक अवस्था कसरी यति खराब भयो ?
२९ असार, काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आफ्नो निवासमा आक्रमण भएपछि श्रीलंकाका राष्ट्रपतिले पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
श्रीलंकामा मुद्रास्फीति र खाद्यान्न र तेलको अभावका कारण केही महिनादेखि चलेको विरोध प्रदर्शनपछि यस्तो संकट देखिएको हो।
श्रीलंकामा के हुँदैछ ?
दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । मुद्रास्फीति पचास प्रतिशत नाघिसकेको छ, नागरिकले बिजुली अभावको सामना पनि गरिरहनु परेको छ । औषधि अभावका कारण सम्पूर्ण स्वास्थ्य प्रणाली धराशायी भएको छ ।
देशमा बस, रेल जस्ता सवारी साधन र स्वास्थ्य सेवासँग जोडिएका सवारी साधनका लागि पनि इन्धन बाँकी छैन । आयातका लागि …
श्रीलंकामा संविधान संशोधन गरी सांसद बनाएकाले देश छोड्दै, अध्यागमनले राेक्याे
एजेन्सी । देश छोड्न लागेको श्रीलंकाका पूर्व अर्थमन्त्री बासिल राजापाक्षेलाई त्यहाँका अधिकारीहरूले रोकेका छन् ।
कोलम्बो विमानस्थलमा राजापाक्षे देश छाडेर जान लागेको थाहा पाएपछि त्यहाँका भएकाहरूले विरोध गरेका थिए । सामाजिक सञ्जाल भाइरल भिडियोमा यात्रुहरूले बासिल राजापाक्षेलाई विमानस्थलमा देखेपछि विरोध गरेका थिए ।
प्रदर्शनकारीले उनलाई देश छाडेर जान नदिन त्यहाका अधिकारीहरूसँग माग गरेका थिए । श्रीलंकाको अध्यागमन अधिकारीहरूले राष्ट्रपतिका भाइसमेत रहेका पूर्व अर्थमन्त्री बासिललाई विमानस्थलमा रोकेको बताएका छन् ।
इन्धन, खाद्यान्न र अन्य जरुरी साधानको अभावको विरोध प्रदर्शन चलिरहेको समयमा बासिल राजापाक्षेले अप्रिलको सुरुमा पदबाट राजीनामा दिएका थिए । उनले जुनमा आफ्नो सांसद …
श्रीलंकाका विपक्षी दलका नेता राष्ट्रपति बन्न इच्छुक
२८ असार, काठमाडौं । श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले आफू राष्ट्रपति बन्न इच्छुक रहेको बताएका छन् ।
देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेपछि राष्ट्रपति गोटावाया राजापक्षेले बुधबार राजीनामा दिने बताएका छन् । राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपतिको उम्मेदवारमा सहमति जुनाउन उनको दल समगी जन बलवेगया (एसजेबी) समर्थन जुटाउन अन्य सहयोगीहरूसँग छलफल गरेको थियो ।
छलफलपछि बीबीसीसँगको कुराकानीमा प्रेमदासाले आफू सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन् । राजापक्षेले बुधबार राजीनामा दिएमा एक हप्तामा नयाँ राष्ट्रपति चयन गरिने छ ।
प्रेमदासा सन् २०१९ …
अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा अन्तरिक्षको रंगीन तस्बिर सार्वजनिक
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले लिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर सार्वजनिक गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उहाँले यो तस्बिर सार्वजनिक गर्नुभएको हो । अन्तरीक्ष अनुसन्धान संस्था नासाका अनुसार यो तस्बिर हालसम्म लिइएका अन्तरीक्षका तस्बिरहरु मध्ये सबै भन्दा स्पष्ट र इन्फ्रारेड तस्बिर भएको बताइएको छ । बाइडेनले उक्त तस्बिर सार्वजनिक भएको दिन अमेरिकाको इतिहासमा ऐतिहासिक दिन रहेको बताउनुभएको छ ।
उहाँले विश्वकैै सबै भन्दा शक्तिशाली टेलिस्कोपले तस्बिर खिचेसँगै ब्रह्माण्डको इतिहासमा नयाँ बाटो खुलेको पनि बताउनुभयो । सार्वजनिक भएको तस्बिरमा हालसम्म नदेखिएका थुप्रै …
जापानको माथिल्लो सदनका लागि भएकोे निर्वाचनमा लिबरल पार्टीकाे बहुमत कायम
काठमाडौं । जापानको माथिल्लो सदनका लागि भएकोे निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत कायम राख्ने देखिएको छ ।
पूर्वप्रधानमन्त्री एवं एलडीपीका प्रभावशाली नेता सिन्जो आबेको हत्या भएको दुई दिनमै सम्पन्न निर्वाचनमा एलडीपीप्रति जनसमर्थन देखिएको हो । एलडीपी र उसको सहयोगी दल कोमेइतोले माथिल्लो सदनका १ सय २५ सिटमध्ये ६९ देखि ८३ सिटमा जित हासिल गर्ने एनएचकेको सर्वेक्षणले देखाएको छ ।
यो सिट संख्या उक्त गठबन्धनलाई प्राप्त सिट भन्दा बढी हो । आबेको हत्या हुनु भन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो । आबेको हत्याले एलडीपीप्रति …
रूसी सेनाले युक्रेनको आवासीय भवनमा आक्रमण गर्दा १५ जनाको मृत्यु
काठमाडौं । रूसी सेनाले युक्रेनको आवासीय भवन लक्षित आक्रमण जारी राख्दा पछिल्लो पटक कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
युक्रेनको पूर्वी क्षेत्रमा रहेका अपार्टमेन्टहरूमा फसेका नागरिकलाई बाहिर निकाल्न युक्रेनी सेनाहरूले सघाइरहेका हुन् । ती अपार्टमेन्टहरूमा २० भन्दा बढी नागरिकहरू फसेको अनुमान गरिएको छ ।
युक्रेनको डोनेट्स्क शहरका गभर्नर पाभ्लो किरिलेन्कोले भत्किएको भवनको भग्नावशेषबाट सर्वसाधारणलाई निकाल्न निकै कठिन भएको बताउनुभयो । भग्नावशेषमा परिणत भएका युक्रेनका अधिकांश भवनका भग्नावेशषहरू पन्छाउने काम पनि भइरहेको छ ।
रुसी सेनाले पछिल्लो समय युक्रेनको चासिभयार शहर लक्षित गरी आक्रमण जारी राखेको छ ।
श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा
काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ ।
प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएकाे हाे । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँकाे भनाइ छ ।
उता, राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीहरूले भने राष्ट्रपति गोताबाया राजपाक्षेको औपचारिक रुपमा राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन् । प्रदर्शनकारीहरूले सरकारी निवास कब्जामा लिएपछि वेपत्ता हुनुभएका राष्ट्रपति राजपाक्षे कहाँ हुनुहुन्छ भन्ने अझैसम्म थाहा छैन्।
राजधानी कोलोम्बो शहरमा सैनिक …
दक्षिण अफ्रिकाको एक बारमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु
एजेन्सी । दक्षिण अफ्रिकाको एउटा बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १५ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकाको शोवोतेमा रहेको बारमा हतियारधारी समूह प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा अरु दर्जनौं घाइते भएका छन् ।
हतियारधारीहरुले आक्रमणपछि बस चढी फरार भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बन्दुकधारी समूहले राइफल र पेस्तोल प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । यहाँ गोलीकाण्ड भएको केही घटनामा नै दक्षिण अफ्रिकाकै क्वाजुलु नताल शहरमा भएको अर्को गोलीकाण्डमा अरु ४ जना मारिएका छन् ।
उक्त शहरको भीडभाडमाझ हतियारधारी समुहले गोली प्रहार …
श्रीलंकाका राष्ट्रपति गोताबायाद्वारा राजीनामा दिने घोषणा
काडमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले पदत्याग गर्ने घोषणा गर्नुभएको छ ।
उहाँले यही जुलाई १३ तारिखमा राजीनामा दिने घोषणा गर्नुभएको हाे । उहाँले आम नागरिकलाई शान्त रहन समेत अपील गर्नुभएको छ। साथै प्रधानमन्त्री रनिल विक्रमासिंघेकाे निवासमा आगजनी भएकाे छ । लामो समयदेखि आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा शनिबार जनताले राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जामा लिएपछि राष्ट्रपति गोताबाया राजपाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघे दुवै जना फरार भएका छन् ।
प्रदर्शनकारीले प्रधानमन्त्रीनको निवासमा आगो समेत लगाइदिएका छन् भने राष्ट्रपति भवनका कोठा चोटामा प्रदर्शनकारी प्रवेश गरेर कब्जा गरेका छन् । प्रधानमन्त्री बिक्रमासिंघेले त आफूले …
श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास छाडे
२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् ।
प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् ।
श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरेको छ । पश्चिमी प्रान्तको विभिन्न प्रहरी कार्यालयहरुले आफ्नो क्षेत्रभित्र कर्फ्यु घोषणा गरेका हुन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने बताएको छ ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् । राष्ट्रपति …
श्रीलंकाको राष्ट्रपति निवासभित्रै प्रदर्शन
२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् ।
हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो ।
श्रीलंकामा आर्थिक मन्त्री चर्किएपछि भइरहेको श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ र यस क्रममा शनिबार भएको प्रदर्शन ठूलोमध्येको एक हो ।
श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेको भिडियो फुटेजहरु सञ्चार माध्यमहरुले देखाएका छन् ।
विदेशी मुद्राको सञ्चिती ज्यादै न्युन भएपछि श्रीलंकाले पछिल्लो समय आर्थिक संकट भोगिरहेको छ । उसले न्यून मात्रामा मात्र पेट्रोलियम पदार्थ, खाद्यान्न र औषधि खरिद गर्न पाएको …
