बाढी पहिरोमा परि १ सय बढीको मृत्यु, हजारौ मानिस घरबार बिहिन

काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षा भएपछि आएको बाढी पहिरोमा १ सय जना भन्दा बढीको मानिसकाे मृत्यु भएको छ ।
कंगोकोे राजधानी किन्सासाका विभिन्न जिल्लाका सयौं घरहरू भत्कनुका साथै डुबानामा परेकाले हजारौं मानिसहरू घरबारबिहीन भएका हुन् । राजधानी किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका अधिकांश घरहरू पहिरोले पुरिएका छन् । नदीको बाढी बस्तीमा समेत पस्दा त्यहाँका सर्वसाधारणको बिचल्ली भएको छ ।

कंगोका प्रधानमन्त्री जिन मिशेल सामा लुकोन्डोले घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारकार्य तीब्र गतिमा भइरहेको जानकारी दिनुभयो । भारी वर्षा अझै जारी रहेको र भग्नावशेषमा पुरिएकाहरूकोे उद्धार कार्य जारी रहेकाले मृतकको …

विवाह अघि यौन सम्बन्ध राखे ६ महिना जेल!

काठमाडाैं । इन्डोनेसियाको संसदले विवाह अघि यौन सम्बन्ध राख्नेलाई सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीका अनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्म यो कानुन संसदबाट पारित हुने बताएका छन् ।
उक्त नयाँ कानुन संसदबाट पारित भएपछि इन्डोनेसियाली नागरिक र विदेशीलाई पनि लागू हुनेछ । नयाँ कानुनमा यसलाई व्यभिचार अन्तर्गतको सजाय भनिएको छ ।

यस्तो सजाय कसैले सरकारी अधिकारी समक्ष उजुरी गरेपछि प्रभावकारी हुनेछ । कानुन अनुसार विवाहअघि शारीरिक सम्बन्ध राख्न प्रतिबन्ध लगाइने र दोषी प्रमाणित भए ६ महिनासम्म जेल सजाय हुन सक्नेछ ।

समाचार एजेन्सी …

बम विस्फोट परि ६ को मृत्यु, ८१ घाइते

काठमाडौं । टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।
साेही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश किनमेल गरिरहेका सर्वसाधारण रहेका छन् । विस्फोट अघि एक महिला सो क्षेत्रमा ४० मिनेटसम्म एक बेन्चमा बसेको र उनी जाने बितिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिंदै दोषीलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिनुभएको छ । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । विस्फोटका कारण केही सवारीसाधन समेत ध्वस्त भएका छन् …

मोटरसाइकल शोरूममा आगलागी हुँदा करिब ८ जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं । भारतको तेलंगना राज्यस्थित सिकन्दरावादको एउटा मोटरसाइकल शोरूममा सोमबार राति आगलागी हुँदा करिब ८ जना मानिसको मृत्यु भएको छ ।
आगलागीमा परी कैयौं घाइते भएका हुन् । इलेक्ट्रिक मोटरसाइकल बिक्री गर्ने उक्त शोरूममा बाइक चार्ज गर्ने क्रममा आगो लागेको हो । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको र कतिपयको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने जनाइएको छ ।
आगलागीबाट दर्जनौं विद्युतीय मोटरसाइकल जलेर नष्ट भएका छन् । साेही शोरूमबाट ९ जनालाई उद्धार गरिएको जनाइएकाे छ । भुइँ तलाको मोटरसाइकल शोरूममा आगो लागेपछि माथिल्लो तलामा रहेका मानिसहरू झ्यालबाट हाम्फालेका थिए ।
घटनामा भएको क्षतिको …

पूर्वी युक्रेनमा बिजुली आपूर्ति बन्द, जनजीवन कष्टकर

काठमाडौं । युक्रेनकाे सेनाले रुसकाे कब्जामा रहेको भू-भाग फिर्ता लिन आक्रमण तीब्र बनाईरहेका बेला पूर्वी युक्रेनमा भने बिजुली आपूर्ति नै बन्द भएकाे छ ।
युद्धग्रस्त पूर्वी युरोपका अधिकांश भागमा बिजुलीकाे आपूर्ति बन्द हुँदा अन्धकार भएकाे हाे । साथै जनजीवन समेत पूरै कष्टकर बनेको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले बताउनुभएकाे छ । उहाँले बिजुलीकाे आपूर्ति बन्दकाे आरोप भने रुसमाथि लगाउनुभएको छ।
बिजुली बन्द हुँदा पानी आपूर्ति समेत बन्द भएको छ । जसबाट डोनेत्स्क क्षेत्रका ९० लाख मानिसको जनजीवन प्रभावित भएको जनाइएको छ । त्यस्तै जापोरिजिया र खार्किभ क्षेत्रमा पनि बिजुली आपूर्ति नियमित रुपमा भएकाे …

चक्कु प्रहार बाट १० जनाको मृत्यु, १५ घाइते

काठमाडौं । क्यानाडाको छुट्टाछुट्टै स्थानमा भएको चक्कु प्रहारमा १० जनाको मृत्यु भएको छ ।
साेही घटनामा १५ जना घाइते भएका हुन् । क्यानाडाको जेम्स स्मिथ क्री नेशन र वेल्डन गाउँमा गरिएको चक्कु प्रहारमा १० जनाकाे मृत्यु भएको हाे । घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनाको तस्बिर समेत सार्वजनिक गरेको छ ।
जसमा ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइल्स स्यान्डरसन रहेका छन् । उनीहरू फरार रहेकाले खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएकाे छ । घटना लगत्तै कालो कार चढेर भागेका उनीहरूप्रति सचेत रहन सर्वसाधारणलाई प्रहरीले अपील समेत गरेको छ ।
घाइतेहरुको …

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु किन आउँदैछन् नेपाल ?

१९ भदौ, काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आगामी २७ देखि ३० भदौ (१२ देखि १५ सेप्टेम्बर) सम्म नेपालको चार दिने भ्रमणमा आउने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशका तर्फबाट उनको भ्रमणको औपचारिक घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ‘भ्रमणको अवधि र मितिका विषयमा केही कुरा टुंगिन बाँकी रहेको हुँदा सार्वजनिक भइसकेको छैन । अब २७ भदौदेखि सुरु हुने र चार …

अमेरिकाको ज्याक्सनमा खानेपानीको चरम अभाव

काठमाडौं । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब १ लाख ८० हजार बासीन्दालाई खानेपानीको चरम अभाव भएको छ ।
अत्याधिक वर्षा र बाढीका कारण भरपर्दो पिउने पानीको पहुँचबाट उनीहरू बञ्चित भएका हुन् । सप्ताहान्तमा आएको बाढीका कारण शहरको मुख्य पानी प्रशोधन परिसर क्षतिग्रस्त भएपछि पानीको चरम अभाव हुन थालेको हो । पानी अभाव भएपछि मिसिसिपी राज्यमा आपत्कालीन स्थिति घोषणा गरिएको छ ।
केही समयका लागि विद्यालय, रेस्टुरेन्ट र व्यापार व्यवसायहरू बन्द गरिएका छन् । तर, स्थानीय बासीन्दालाई प्रशोधन नगरिएको पानी पाइपमार्फत आपूर्ति गरिएको बताइएको छ । नगर र राज्य दुवैले जनतालाई पिउनका लागि बोटलको …

फ्रान्समा विमान कम्पनीका २ जना पाइलटबीचकाे विवादपछि दुवै जना निलम्बन

एजेन्सी । फ्रान्सनमा विमान कम्पनी एयर फ्रान्सका दुई जना पाइलटबीच विवाद भएपछि दुवै जनालाई निलम्बन गरिएको छ ।
स्वीजरल्याण्डको जेनेवाबाट फ्रान्सका लागि उडान भरेको विमान उडान भर्ने बित्तिकै दुई जना चालकबीच ककपीटमा कुटाकुट भएको हाे । चालक दलका अन्य सदस्यहरूले सम्झाउँदा पनि उनीहरूबीच कुटाकुटको श्रृंखला नराेकिएपछि यात्रुहरू आत्तिएका थिए ।
ती दुई जना पाइलट मध्ये एक जनाले भने विमान पुनः जेनेवा विमानस्थलमा नै फर्काएर अवतरण गरेका थिए । घटना लगत्तै विमान पाइलटहरु परिवर्तन गरी विमान गन्तब्यतिर लगेको थियो । फ्रान्सको इतिहासमा भएको यो पहिलो घटना पनि हो ।

भारतमा ९ सेकेन्डमै ढले ३२ तले टावर

एजेन्सी । भारतको नयाँ दिल्ली नजिकै आचारसंहिता विपरित निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन(टावर) आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइएको छ ।
निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको भन्दै भारतको सर्वोच्च अदालतले गत वर्ष यी टावर ढाल्न आदेश दिएकाले सरकारले आइतबार दिउँसो भवन भत्काएको हो । एपेक्स र सियान नाम गरेका ३२–३२ तले यी भवन आधुनिक प्रविधिको बिग ब्लास्टबाट ९ सेकेण्डभित्र भत्काइएको हो ।
टावर भत्काउन भवनहरुभित्र ३ हजार ७ सय किलो विष्फोटक पदार्थ जडान गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । टावर ढाल्ने कामका लागि तीन देशका इञ्जिनियरहरु खटिएका थिए । …

७७ वर्षपछिको हिरोसिमा र नागासाकी

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै भएको जापान भ्रमणमा ७५ वर्षअघि आणविक बम खसालिएको हिरोसिमा शहरको अवलोकन गरे । हिरोसिमा शहरस्थित संग्रहालय अवलोकनपछि उनले त्यसबेला बमका कारण ध्वस्त शहरका तस्वीरहरु हेरे ।
दोस्रो विश्वयुद्धको अन्तिम वर्ष सन् १९४५ को अगस्त ६ र ९ तारिखमा अमेरिकाले जापानका दुई शहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । हिरोसिमामा जापानको एउटा ठूलो सैनिक अड्डा पनि थियो, तर ज्यान गुमाउनेमा अधिकांश सर्वसाधारण थिए ।

विश्वमा परमाणु बमको पहिलो प्रयोग नै यहीँ भएको थियो । हिरोसिमामा झण्डै १ लाख ४० हजार र नागासाकीमा …

अफगानिस्तानमा भएको विष्फोटमा कम्तिमा तीन दर्जनको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विष्फोटमा कम्तिमा तीन दर्जन मानिसको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।
बुधबार साँझको प्रार्थना भईरहेको बेला विष्फोट भएको र मारिनेमा मस्जिदका इमान समेत रहेको काबुल प्रहरीका प्रमुख खलिद जद्रानले बताएका छन् ।
अस्पताल भर्ना गरिएकाहरुमा पाँच जना बालक समेत रहेका छन् । इटालियन गैरसरकारी संस्थाले संचालन गरेको एनजीओ इमजेन्सी अस्पतालले आफूकहाँ २७ जना घाइतेहरु ल्याइएकोमा अधिकांशको अवस्था नाजुक रहेको बताएको छ ।
विष्फोटबाट मस्जिद आसपासका घरक झ्यालहरु समेत चर्किएको बताइएको छ ।
गत वर्ष तालिवान सत्तामा आएपछि राजधानी काबुलमा भएको यो नै …

भारतमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु

एजेन्सी । भारतको राजस्थानमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएकाे छ ।
राजस्थानको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयका दलित समुदायका एक (बालक) विद्यार्थीले शिक्षकका लागि राखिएको माटाकाे भाँडाकाे पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको मृत्यु भएको हो । ९ वर्षीय विद्यार्थीको मृत्यु भएपछि स्थिति तनाव ग्रस्त बनेको छ ।
मृतक विद्यार्थीका अभिभावक र राजस्थानका दलित समुदायका बासीन्दा आक्रोशित बनेका छन् । शिक्षकाे कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकाे उपचारका क्रम गुजरातकाे एक अस्पतालमा मृत्यु भएको हो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट सेवा समेत …

पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

२८ साउन, काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ ।
त्यहाँका अधिकारीहरूका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् ।

बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे । त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका छन् ।

हतियारसहित आक्रमणमा उत्रिएका ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । त्यसपछि मात्रै आक्रमणको सिलसिला रोकिएको थियो ।

ती व्यक्तिले घटना गराउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय …

तालिवानका शीर्ष धार्मिक नेता मौलानाको आत्मघाती आक्रमणमा परी मृत्यु

काठमाडौं । तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीेकाे बम आमक्रमणमा परी मृत्यु भएकाे छ ।
राजधानी काबुलको एक मदरसामा भएको आत्माघाती विस्फोटमा तालिवानका शीर्ष नेता मौलानाकाे मृत्यु भएकाे हाे । तालिवानका अनुसार आक्रमणकारीले कृत्रिम खुट्टामा लुकाएको विस्फोटक पदार्थ विस्फोट गराउँदा नेता मौलानाकाे मृत्यु भएकाे जनाइएकाे छ ।
विस्फोटको जिम्मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसले लिएको छ । नेता मौलानालाई आइएस र आइएस खरसोनका कट्टर विरोधी मानिन्थ्यो । महिला शिक्षाका समेत पक्षपाति नेता मौलानालाई सामाजिक सञ्जालमा तालिवानको अनुहार भन्ने गरिन्थ्यो ।
यसअघि पनि दुई पटकसम्म उनको हत्या गर्ने प्रयास भएको थियो । तालिवान सैन्य …

यूईईमा भीषण बाढी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)मा भीषण वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ। बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन्।​
शारजाह र फुजेराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन्। समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ।
सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ। आबुधाबी र दुबईमा भने पानी नै कम परेको छ। बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ।
बाढीले घरबारबिहीन भएकाहरुलाई विभिन्न होटलहरुमा लगेर राखिएको छ। निरन्तर वर्षा भइरहेकोले अझै केही समय बाढीको बहाव बढ्न सक्ने भन्दै अधिकारीहरुले थप उद्दारको व्यवस्था गरेको जानकारी …

दक्षिण कोरियामा ८० वर्षयताकै ठूलो वर्षा, बाढीले ८ जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढीमा ८ जनाको मृत्यु भएको छ ।
बाढीका कारण ठाउँ–ठाउँमा घर भत्कँदा १४ जना घाइते भएका छन् । दक्षिण कोरियाको राजधानी सिओल बाढीको चपेटामा पर्दा हजारौं विस्थापित भएका हुन् ।
नदीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा उनीहरू विस्थापित भएका हुन् । बाढीका कारण मेट्रो, रेलवे सेवा, हवाई लगायत सार्वजनिक यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

पार्किङमा राखिएका निजी सवारीसाधन बाढीले बगाउँदा लाखौंको क्षति भएको छ । दक्षिण कोरियामा ८० वर्षपछि यति भारी बर्षा र बाढी आएको त्यहाँको मौसमविद्हरूले बताएका छन् ।
यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति …

रोहिंग्याको उचित व्यवस्थापन गर्न चीनसँग बंगलादेशको आग्रह

एजेन्सी । बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न चीनसँग गुहार मागेको छ ।
बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग आग्रह गरेको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बीचको भेटमा प्रधानमन्त्री वाजेदले उक्त आग्रह गर्नुभएको हो । भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बंगलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता चिनियाँ विदेशमन्त्रीले बंगलादेशसँग गर्नुभएको छ ।
चीनले सन् २०१९ को अगस्तमा म्यानमारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीलाई पुनः स्थापना गर्न …

भारतमा एकै दिन १६ हजार बढीमा कोरोना पुष्टि, ४१ जनाको मृत्यु

काठमाडौं । भारतमा एकै दिन १६ हजार भन्दा बढी मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
भारतमा कोरोना संक्रमणबाट गत २४ घण्टामा ४१ जनाको मृत्यु भएको भारतको स्वास्य मन्त्रालयले जनाएकाे छ । याेसँगै कोरोना सुरु भएदेखि हालसम्म ५ लाख २६ हजार ७ सय ३० मानिसको मृत्यु भइसकेको छ ।
भारतमा साेमबार १५ हजार ५ सय ४९ जना कोरोना संक्रमित काेराेना मुक्त भएका छन् । यसैसँगै कुल ४ करोड ३४ लाख ९९ हजार ६ सय ५९ जना मानिस कोरोना मुक्त भएका छन् ।
भारतको स्वास्य मन्त्रालयले दिएको जानकारी अनुसार दैनिक १६ हजारको दरले कोरोना …

म्यानमारका दुई मोडललाई १५ वर्षको जेल सजाय

काठमाडौं : म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ। अश्लिल भिडियो पोस्ट गरेको भन्दै मोडलहरू नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई  १५ वर्षको जेल सुनाइएको हो।  उनीहरुलाई संस्कृति र मर्यादालाई हानी पुर्‍याएको आरोप लगाइएको छ।​
उनीहरूले कथित अश्लिल तस्वीर  र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानी पुगेको जुन्ता सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ। सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरञ्जन पूर्ण सामाग्रीमा सेन्सर लगाएको छ। 
वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode