नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु
थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ।
स्थानीय समय अनुसार शुक्रबार १२:४५ बजे बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो।
प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको बताएका छन्। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई दुई घण्टा लागेको थियो।
१३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने शरीरको ९० प्रतिशतभन्दा बढी जलेको अर्का एक व्यक्तिको पछि मृत्यु भएको प्रहरीले जनाएको छ।
अस्पतालका अनुसार १५ जना बिरामी गम्भीर छन्। उनीहरूको शरीरको ६० प्रतिशतभन्दा …
फ्रान्कफुर्टमाथि बायर्नको फराकिलो जित
काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सुखद सुरुवात गरेको छ ।
नयाँ सिजनको पहिलो खेलमा शुक्रबार राति फ्रान्कफुर्टलाई ६–१ ले पराजित गर्दै बायर्नले लिगमा सुखद सुरुवात गरेको हो ।
खेलको पाँचौं मिनेटमा जोसुवा किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । १० औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै बायर्नलाई दोब्बर अग्रता दिलाए । २९ औं मिनेटमा साडियो मानेले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।
३५ औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ४–० ले अग्रता दिलाए । ४३ औं मिनेटमा सेर्जीले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ५–० ले अघि बढाए ।
६४ …
ताइवानमाथि चीनको आक्रमणको त्रास : दुई सय नेपाली प्रभावित
काठमाडौं । ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान बोलाएपछि चीन र अमेरिकाबीच तनाब बढेको छ । स्थानीय जनतामा यही कारणले कतै चीनले ताइवानमाथि आक्रमण गर्ने त होइन भन्ने त्रास बढेको छ ।
यद्यपि, चीनले आफ्नो रवैयामा केही नरमपन देखाएपछि भने अहिलेलाई आक्रमणको त्रास टरेको छ । यसअघि मंगलबार राती पेलोसीको विमान चीनमा उत्रनेबित्तिकै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको ताइवान मामिला कार्यालयले विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमण अमेरिका र ताइवानबीच साँठगाँठको संकेत भएको र त्यसको परिणाम निकै गम्भीर हुने चेतावनी दिएको थियो ।
अहिलेलाई खतरा टरेको …
ताइवानको जल तथा हवाई सुरक्षा क्षेत्रमै सैन्य अभ्यास गर्ने चीनको तयारी
काठमाडौं । चीनले ताइवान आसपासको समुद्री क्षेत्र तथा उडान क्षेत्रमा ब्यापक सैन्य अभ्यासको तयारी गरेको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणबाट क्रुद्ध भएको चीनले आज बिहीबारदेखि ताइवानी जल तथा आकाश सुरक्षा क्षेत्रमै प्रवेश गरेर सैन्य अभ्यास गर्ने भएको हो ।
चीनका २७ वटा युद्धक विमान बुधबार नै ताइवानी सुरक्षा क्षेत्रमा प्रवेश गरेका छन् ।
चीनको रक्षा मन्त्रालयले सार्वजनिक गरेको सैन्य अभ्यास हुने क्षेत्रमा ताइवानको उडान क्षेत्र अर्थात १२ एरोनटिकल माइलको क्षेत्र पनि परेको छ ।
यस्तै, चीनले विश्वको सवैभन्दा ब्यस्त जलक्षेत्रमा लामो दूरीका खरखजानाको प्रत्यक्ष प्रहार गर्दै सैन्य अभ्यास हुने बताइसकेको छ ।
ताइवानले …
अमेरिकी सभामुख ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान
१९ साउन, काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ ।’
चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।
ताइवानले २७ …
२०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेकोे संयुक्त प्रस्ताव
१८ साउन, काठमाडौं । २०३० विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त प्रस्ताव पेस गरेका छन् । यो चार देशको मात्रै नभइ पूरा महादेशको सपना भएको दक्षिण अमेरिकी फुटबल महासंघ( कम्बोल) का अध्यक्ष अलेजेन्ड्रो डोमिन्र्गुजले बताए । ‘यो एउटा सिंगो महादेशको सपना होे’, उनले भने ।
अध्यक्ष डोमिन्र्गुज भन्छन्, ‘विश्वकप धेरै हुन्छन्, तर १०० वर्षमा एक पटक विश्वकप घरेलु मैदानमा आउनु पर्छ ।’ उरुग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको थियो । ‘विश्वकप १०० वर्ष पछि पुन त्यहि आयोजना गर्नु सही हुनेछ’, उरुग्वे फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले …
रुसी सैनिकको आक्रमणमा ‘युक्रेनको हिरो’ को मृत्यु
काठमाडौं : रुसी सैनिकको मिसाइल आक्रमणमा युक्रेनका एक चर्चित तथा धनाड्य अन्न व्यापारीको मृत्यु भएको छ।
माइकोलेभ सहरमा रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ‘युक्रेनको हिरो’ पदवी पाएका ७४ वर्षीय ओलेक्सी भदातुस्र्की र उनकी पत्नी राइसाको मृत्यु भएको हो।
भदातुस्र्कीले खाद्य सामग्री निर्यात गर्ने कम्पनी निबुलान चलाउँदै आएका थिए। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भदातुस्र्कीको मृत्युले देशलाई ठूलो क्षति पुगेको बताएका छन्।
जेलेन्सीकीले धनाड्य दम्पत्तिमाथि रुसले नियोजित आक्रमण गरेको आरोप लगाएका छन्। फेब्र्स म्यागेजिनका अनुसार सन् २०२० मा भदातुस्र्कीको सम्पती ४५० मिलियन डलर थियो।
माइकोलेभ सहरका मेयर अलेकजेन्डर सेन्केभिचले यो सहरमा रुसले हालसम्मकै ठूलो बमबारी गरेको बताएका …
गाडीमा करेन्ट लाग्दा १० जनाको मृत्यु
काठमाडौं : भारतको पश्चिम बंगालमा एक पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ। १६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पश्चिम बङ्गालको कुचबिहार जिल्लादेखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्याइएको थियो । त्यसमध्ये १० जनालाई प्रहरीले मृत घोषणा गरेको थियो
घटनामा घाइते १६ जनालाई जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ। ज्यान गुमाउने र घाइते हुने सबै कन्बारिया सेतालकुचीका बासिन्दा हुन् । उनीहरू २७ जनाको समूहमा थिए ।
घटनाबारे अनुसन्धान थालेको प्रहरीले …
अमेरिकी सभामुख पेलोसी आशंकापूर्ण रुपमा एशिया भ्रमणमा
काठमाडौं । अमेरिकाकाे तल्लो सदन प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी आशंकापूर्ण रुपमा एशियाली भ्रमणमा निस्कनु भएको छ ।
औपचारिक रूपमा दक्षिण पूर्वी एशियाली देशहरू सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने बताइएपनि उहाँ ताइवान पनि पुग्नसक्ने आशंका गरिएको छ । चीनको कम्युनिष्ट शासनको कट्टर आलोचक पेलोसीलाई राष्ट्रपति जो बाइडेन र अमेरिकी सेनालेसमेत अहिले ताइवान नजान सल्लाह दिएको भए पनि उहाँ ताइवान पुग्न सक्ने अनुमान गरिएको छ ।
उहाँले ताइवान भ्रमणको कार्यक्रम बनाएपछि चीनले कडा प्रतिक्रिया जनाउँदै आएको छ । चिनियाँ सेनाले सभामुख पेलोसी ताइवान आए चूप लागेर नबस्ने भन्दै ताइवानमाथि सैन्य …
भ्रष्टाचारको आरोप लागेका भारतीय सांसदलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । भ्रष्टाचारको आरोपमा लागेका भारत महाराष्ट्रका प्रभावशाली नेता सञ्जय राउत आज (सोमबार) अदालतमा उपस्थित हुने भएका छन्
भारत महाराष्ट्रको शक्तिशाली पार्टी शिवसेनाका प्रभावशाली नेता राउत भ्रष्टाचार तथा मुद्रा अपचलनको मुद्दामा पक्राउ परिसकेका छन् । केही दिन यता नेता राउतसँग सोधपुछ गरिरहेको प्रवर्तन निर्देशनालय (इडी) ले राउतलाई आइतबार पक्राउ गरेको हो । उनलाई सोमबार अदालतमा उपस्थित गराएर म्याद थप्ने तयारीमा इडी रहेको जनाइएको छ ।
इडीको टोलीले आइतबार उनको घरमा छापा समेत मारेको थियो । साेही क्रममा उनको घरबाट केही नगद बरामद गरेको जनाइएको छ । पात्राचाल हाउजिङ विकास कार्यक्रममा भएको ११ …
मुम्बईको चित्रकूट स्टुडियोमा आगलागी हुँदा १ जनाको मुत्यु (अपडेट)
एजेन्सी । भारतको मुम्बईको चित्रकूट स्टुडियोमा आगलागी हुँदा १ जनाको मुत्यु भएको छ ।
बलिउड अभिनेता रणवीर कपूर तथा निर्देशक लव रञ्जनको नाम नखुलेको फिल्मको सेटमा शुक्रबार दिउँसो आगलागी भएको थियो ।
भर्खरै प्राप्त जानकारी अनुसार आगलागीमा परी एक जनाको मृत्यु भएको छ । श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायांकन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा हुँदै थियो । लव रञ्जनको सेटसँगै राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको थियो ।
आगलागीमा परी मनिष देवासी नामका व्यक्ति घाइते भएका थिए । ३३ वर्षीय मनिषलाई तत्काल सिभिक रन कुपर अस्पताल लगिएको थियो, जहाँ उनलाई …
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदै
११ साउन, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् ।
उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो ।
नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन् ।
यसअघि उनी समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि २०७८ मंसिर १ गते नेपाल आएका थिए ।
राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिइन्
९ साउन, काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् ।
झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुन् ।
रुसद्वारा युक्रेनको बन्दरगाह शहर ओडेसामा आक्रमण
८ साउन, काठमाडौं । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनको विदेश मन्त्रालयले यही आक्रमणका कारण यदि अन्न निर्यात सम्झौता कार्यान्वयन नभएमा त्यसको जिम्मेवार रुस हुने चेतावनी दिएको छ ।
युक्रेनी सेनाका अनुसार ओडेसामा चार मिसाइल प्रहार भएका थिए, तीमध्ये दुईवटालाई निष्कृय पारिएको थियो । दुई वटा क्यालिबर क्रुज मिसाइल भने बन्दरगाहमा खसे । युक्रेनले मिसाइल आक्रमणबाट क्षति पुगे पनि अन्न निर्यातको तयारी भने जारी छ ।
ओडेसाबाट मन्त्री बनेका ओलेक्सी गोन्चारेन्कोले रुसले बन्दरगाहमा आक्रमण …
श्रीलंकामा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएसँगै विरोध प्रदर्शन सुरु
काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ ।
संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले १ सय ३४ मत प्राप्त गरेर राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे हाे । यसअघि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो ।
श्रीलंकामा कार्यकारी अधिकारसहितको राष्ट्रपति आमनिर्वाचनबाट चुनिने संवैधानिक व्यवस्था रहेकाे छ । यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उहाँको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो । विक्रमासिंगे नयाँ राष्ट्रपति बने पनि उहाँका लागि काम गर्न सजिलो नहुने …
अमेरिकाको एक मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते
काठमाडौं । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ ।
साेही घटनामा ३ जना घाइते भएका हुन् । ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले गोली प्रहार गर्ने ब्यक्ति प्रहरी कारबाहीमा मारिएको जानकारी दिएका छन् । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबै भन्दा पछिल्लो घटना हो।
जहाँ बन्दुक आक्रमणमा प्रत्येक वर्ष ४० हजार जनाको मृत्यु हुने गरेको छ । गत जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्द गोली प्रहार हुँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तिमा ३ दर्जन घाइते भएका थिए । इण्डियनाको आक्रमणका विषयमा प्रहरीले …
भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै
काठमाडाैं । भारतमा आज (साेमबार) नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएकाे छ ।
भारतमा हुन लागेको १५ औं राष्ट्रपतिकाे निर्वाचनका लागि यशवन्त सिन्हा र द्रोपदी मुर्मुबीच कडा प्रतिस्पर्धा हुने भएको हाे । निर्वाचनका लागि ४८ सय निर्वाचित सांसद र विधायनहरुले मतदान गर्ने भएका छन् । राष्ट्रपति पदका लागि आदिबासीबाट द्रोपदी मुर्मु महिला उम्मेदवार बन्नुभएको छ भने उहाँलाई भारतको २७ दलको समर्थन रहेको छ ।
यसैगरी यशवन्त सिन्हालाई १४ वटा दलको समर्थन रहेता पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति चुनावमा लोकसभा, राज्यसभा र विधायन सभाका सदस्यहरुले आ-आफनो मताधिकार …
इरानमा नुनिलो ताल सुकेको भन्दै व्यापक रुपमा प्रदर्शन
काठमाडौं । इरानमा नुनिलो ताल सुकेको बिरोधमा व्यापक रुपमा प्रदर्शन भएको छ ।
प्रहरीले सुक्दै गइरहेको नुनिलो ताल सामु प्रदर्शन गरिरहेका थुप्रै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कुनै समय विश्वकै दोश्रो ठूलो नुनिलो तालको रूपमा चिनिने उर्मिया तालको पानी सुक्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीले ‘उर्मिया ताल सुक्दैछ, संसदीय आदेशले मार्दैछ भन्ने नारा लगाएका थिए । चरम खडेरी र बाँध निर्माणका कारण सन् १९९५ देखि तालमा पानी घट्न थाल्नु अघिसम्म उर्मिया ताल इरानको प्रमुख आन्तरिक पर्यटनको केन्द्र थियो ।
ताल सुक्दै गएपछि अहिले ताल आसपासका होटेलहरूमा कुनै चहलपहल …
दक्षिण अफ्रिकामा गोलीकाण्ड हुँदा ९ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकाको दुई प्रान्तमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिाकाको सडक नजिकमा पासा खेलिरहेका पुरूषहरूको समूहमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एक व्यक्तिलाई दक्षिण अफ्रिकाको थेम्बेलिहलेमा गोली हानी हत्या गरिएको हो ।
यसैगरी जोहानेसबर्गको टाउनशिपमा पनि गोली हानी ४ जनाको हत्या गरिएको हो । घटनामा संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । दक्षिण अफ्रिकामा हरेक वर्ष हुने हत्याकाण्डमा झण्डै २० हजार मानिसको मृत्यु हुने गरेको छ ।
साेही घटना लगतै दक्षिण अफ्रिकाभर सुरक्षा व्यवस्था कडा …
बलिष्ठ अमेरिकी डलरले विश्व अर्थतन्त्रलाई नोक्सान पुर्याउन सक्ने पाँच कारण
पछिल्लो एक वर्ष प्रमुख वैश्विक मुद्राहरूको तुलनामा अमेरिकी डलरमा अत्यधिक वृद्धि भएको छ, यो पछिल्लो २० वर्षमा कहिल्यै देखिएको थिएन । यो ब्रिटिश पाउण्डको तुलनामा १५ प्रतिशत, युरोको तुलनामा १६ प्रतिशत र जापानी येनको तुलनामा २३ प्रतिशत वृद्धि भएको छ ।
डलर विश्वको सञ्चित मुद्रा हो, यसको अर्थ यो धेरै अन्तर्राष्ट्रिय लेनदेनहरूमा प्रयोग गरिन्छ। फलस्वरूप, यसको मूल्यमा परिवर्तनले सम्पूर्ण विश्व अर्थतन्त्रमा प्रभाव पार्छ, जसमध्ये प्रमुख ५ प्रभावलाई यहाँ प्रस्तुत गरिएको छ-
अमेरिकी डलरको शक्ति १९७७-२०२२
१. थप उच्च मुद्रास्फीति
पेट्रोल र अधिकांश वस्तुहरू जस्तै धातु वा काठ सामान्यतया अमेरिकी डलरमा व्यापार गरिन्छ (यद्यपि यसका …
