+
+
-- Sponsored Ad --

हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित

587 पटक हेरिएको
Clock २०७९ बैशाख २६, सोमबार १३:१५
-- Sponsored --

इलाम । इलाममा हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित भएका छन ।

मुख्य आयस्रोत नै गुम्ने खतरा भएकाे इलामका नागरिकले गुनासाे गरेका हुन् । नेपालको पूर्वी जिल्ला इलाम चिया उत्पादनले परिचित जिल्ला हो । यहाँका अधिकांश नागरिक चिया खेती गर्ने गर्दछन् । तर वर्षौदेखि चियाको उचित मूल्य नपाएर उनीहरु दुखित भइरहेका छन ।

इलाम भन्ने बितिक्कै चियाको राजधानी भन्ने बुझिन्छ । यहाँका अधिकाशं नागरिकको जिविकोपार्जनको मुख्य स्रोत पनि चिया खेती नै हो । तर अझै पनि किसानले चिया खेतीबाट लाभ भने खासै पाउन सकेका छैन्न । जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएका चिया किसान वर्षाैंदेखि पीडामा छन। घाम पानी केही नभनी वर्षभरिनै चिया खेतीमा नै तल्लिन हुने गरेका छन् किसान तर नगरका धेरैजसो उद्योगले विभिन्न कारण देखाउँदै हरियो पत्तीको मूल्य निकै कम दिने गरेको उनीहरुको गुनासो छ ।

सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैंयाँ तोकिदिएको थियो । नगरले ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ नै बनाएर न्यूनतम मूल्य तोकेपनि किसानले भने उक्त मूल्य पाउन सकेका छैनन् । नगरपालिकाले तयार पारेको कार्यविधिमा किसानले हरियो पत्तीको गुणस्तर कायम राख्नुपर्ने प्रावधान छ ।

जसमा हरियो पत्तीमा न्यूनतम ४० प्रतिशत सुइरो हुनुपर्ने उल्लेख छ । कार्यविधि अनुसारको सर्त पालना गराउन नियमन कार्य प्रभावकारी भएको पाइँदैन । कामदार नपाएपछि किसालने मेसिन प्रयोग गरेर चिया टिप्ने गरेका छन । मेसिनले चिया टिपेपछि गुणस्तरहीन पत्ती आउने गरेको र फर्काउनुपर्ने बाध्यता रहेको उद्योगी बताउँछन् ।

लागत अनुसारको मूल्य नपाउने र बिक्री गर्न समस्या हुने गरेको किसानको गुनासो छ भने उता उद्योगीले किसानले चियाको पत्तीमा गुणस्तर कायम गर्न नसकेकोले मूल्य नपाएको दावी गर्छन् । इलाममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड रहेता पनि चिया किसान र उद्योगीका समस्या सधै उस्तै छन । बोर्डका अनुसार सूर्योदय नगरपालिकामा ६६ वटा चिया उद्योग रहेका छन भने ७ हजार ५ सय किसान चिया खेतीमा आवद्ध छन ।

इलाम, देउमाई र माई नगरपालिकाका साथै सन्दकपुर गाउँपालिकाको धेरै स्थानमा चिया खेती हुने गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win