Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
थन्थाप गैँडाकोट समाजको साधारण सभा सम्पन्न थन्थाप गैँडाकोट समाजको साधारण सभा सम्पन्न - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

थन्थाप गैँडाकोट समाजको साधारण सभा सम्पन्न

897 पटक हेरिएको
Clock २०७७ फाल्गुन २२, शनिबार १३:४५
-- Sponsored --

हरि सुवेदी
गैँडाकोट । थन्थाप गैँडाकोट समाजको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जनगायक जीवन शर्माले समाजमा रहेका सबैलाई एकतावद्ध भई समाजमा आवद्ध गराउन सके दुःख शुखमा सहज हुने बताउनुभयो । विशिष्ट अतिथि गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले पुर्खाको पहिचान र सबैलाई गोलवद्ध भई कार्य गर्न सघाउ पुग्ने बताउनुभयो । थन्थापको माईका थान मन्दिरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य कृष्ण पौडेल, समाजका संस्थापक अध्यक्ष कमल सुवेदी, वडा नं. ५ का वडा अध्यक्ष नवराज कंडेल, भिमप्रसाद शर्मा, घनश्याम कंडेल, काशीनाथ कंडेल, करुणासागर सुवेदी, विष्णु पौडेल, केशवराज पौडेल, प्रजानाथ कंडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजका सचिव तिलकप्रसाद कंडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सम्झना अधिकारी शर्माले आर्थिक प्रतिवेदन र समाजका उपाध्यक्ष कृष्ण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम थन्थाप गैँडाकोट समाजका अध्यक्ष नरेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । गैँडाकोट ९ थुम्सीमा भएको कार्यक्रमको सहजिकरण डिल्ली आचार्यले गर्नु भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win