+
+
-- Sponsored Ad --

नेपाली काँग्रेसको वडा अधिवेशन आजबाट शुरू, ५६ जिल्लामा तयारी पुर्ण ।

455 पटक हेरिएको
Clock २०७८ भाद्र १८, शुक्रबार ०८:५७
-- Sponsored --

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शुक्रबार)बाट वडा अधिवेशन सुरु हुँदै छ । हिजो (बिहीबार) साँझसम्म ५६ जिल्लाको क्रियाशील सदस्यहरुको सूची काँग्रेसको निर्वाचन समितिले पाएको छ ।

वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ। केन्द्रीय महाधिवेशन मङ्सिरको ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ।

कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। क्रियाशील सदस्यता टुङ्गो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने शर्माको भनाइ छ।

अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको छैन। विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन। वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुङ्गिएपछि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ।

क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएका र अन्य व्यवस्थापन बाँकी जिल्लामा यही भदौ २३ भित्रै अधिवेशन सुरु गर्ने काँग्रेसको तयारी छ। क्रियाशील सदस्यता विवादकै कारण काँग्रेसले यसअघि तीन पटकसम्म केन्द्रीय महाधिवेशन नै स्थगित गरेको थियो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win