माघ १९, कावासोती ।
नवलपुरको मध्यविन्दु बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा विद्यार्थीकै लागि आँखा जाँच एवं शैक्षिक सामाग्रि वितरण कार्यक्रम गरिएको छ । स्वास्थ्य सेवा तथा सामाजिक कल्याण समिति मध्यविन्दु बहुमुखि क्याम्पसले विद्यार्थीहरुको निःशुल्क आँखा जाँच एवं शैक्षिक सामाग्रि वितरण कार्यक्रम गरेको हो । नवलपुरको कावासोती ३ मा अवस्थित क्याम्पसको एम वि. एस. चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको सह आयोजना एवं मध्यविन्दु आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थी ज्वाला झाले जानकारी दिनुभयो ।
मध्यविन्दु नगरपालिका वडा नं. ३ मा रहेको ब्रह्म आधारभुत विद्यालयमा अध्ययनरत २९ जना विद्यार्थीहरुको आँखा जाँच गरिएको साथै ति सबै विद्यार्थीलाई शैक्षिक कपि, कलमका साथै १ थान फुटबल समेत प्रदान गरिएको झाले बताउनुभयो ।yy

ब्रह्म आधारभुत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका सदस्य लोकनाथ अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा मध्यविन्दु बहुमुखि क्याम्पस प्रमुख प्रा.गणेशमान गिरि, डा. नरनाथ पाण्डे, प्रा. तथा आँखा स्वास्थ्यकर्मी प्रदिप कुमार भट्टराई लगायतको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले विद्यार्थीहरुको अगुवाईमा आँफु भन्दा साना विद्यार्थीको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्येश्य सहित आयोजना गरिएको यस किसिमको कार्यक्रमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरु विषेश रुपमा लाभान्वित बनेको भन्दै आयोजकलाई धन्यवाद समेत दिनुभएको थियो ।