+
+
-- Sponsored Ad --

ओलीको तर्क : माओवादीसँग तत्काल सहकार्य र एकता सम्भावना छैन

502 पटक हेरिएको
Clock २०७७ चैत्र ५, बिहीबार ११:३१
-- Sponsored --

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग तत्काल कुनै सहकार्य र एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।

बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा उनले माओवादीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्। 

‘हामी पार्टीलाई अब विल्कुलै नयाँ शिराबाट लान चाहान्छौँ। त्यसैले अहिले माओवादीसँग एकताको कुनै सम्भावना छैन’, ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘हामीसँग विचार मिल्नेहरूलाई सँगै लिएर अगाडि बढ्छौँ।’ 

उनले पार्टीलाई नयाँ शिराबाट लाने भएकाले कसैलाई छुवाछुत नगरी अगाडि बढ्नेसमेत बताए। ‘हाम्रो विचारसँग नजिक रहेको दल वा व्यक्तिसँग हाम्रो निरन्तर सहकार्य हुन्छ’, ओलीले भने।  

उनले बैठकमा विधान संशोधन किन आवश्यक भएको प्रस्ट पारे। ‘यो २०७२ सालको विधान हो। २०७४ पार्टी नै थिएन त्यसैले संशोधन गर्न सकेनौँ’, उनले भने, ‘अहिले पार्टीलाई अगाडि लैजान विधान संशोधन आवश्यक छ।’ 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win