गण्डकी प्रदेशको गुरुङ्सरकार ढल्ने सम्भावना बढ्यो अविश्वास प्रस्तावमा जनमोर्चाले पनि सघाउने, ३ पार्टि छलफलमा जुट्दै
बैशाख ११, कास्की,
राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको आज (शनिबार) अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । ‘गण्डकी प्रदेश सरकारको विरुद्धको अविश्वासको प्रस्तावमा बैशाख १३ गते छलफल हुँदैछ । उक्त प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन पठाइसकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
केन्द्रमा केपी ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी प्रकारका कदमहरु चाल्दै आएको आरोप पनि जनमोर्चाले लगाएको छ । यसप्रकारको स्थितिमा प्रतिगमनको खतरा गम्भीर बनेको भन्दै जनमोर्चाले भनेको छ, ‘त्यो स्थितिमा २०६२÷६३ सालको जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्नुपर्ने राष्ट्रिय आवश्यकता बनेको छ । केन्द्रमा उनले आफूमाथि अविश्वासको प्रस्ताव आउने सूचना पाउनासाथ प्रतिनिधि सभाको विघटन गराएका थिए ।
ठीक त्यस्तै प्रकारले गण्डकी प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि त्यहाँको सरकारले पनि संसदको अधिवेशन तत्काल अन्त्य गरेको थियो । लुम्बिनी प्रदेशको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त अविश्वासको प्रस्तावका हस्ताक्षरकर्ताहरुलाई त्यही सरकारको मन्त्रीमा नियुक्त गरियो । यसप्रकारका राजनीतिक चालबाजी वा षडयन्त्रले संसदीय प्रजातान्त्रिक मूल्य मान्यता र प्राप्त उपलब्धिहरुमाथि चुनौति दिएका छन् ।’ओलीका पक्षधर र उनकै बाटो अनुशरण गर्ने कार्य र पद्धतिका विरुद्ध आफूहरु खडा भएको पनि जनमोर्चाको भनाइ छ ।
यसैबिच आज बस्ने गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठकमा आगामी रणनीतिबारे छलफल गर्न लागिएको छ । गण्डकी प्रदेश सांसद विष्णु लामिछानेका अनुसार भोली (आईतबार) प्रदेशसभाको विशेष अधिवेशन बोलाईएकोले आफुहरु कुन रुपमा प्रस्तुत हुने भन्ने विषयमा पनि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी बिच आन्तरिक छलफल गरिने पनि कांग्रेस सांसद लामिछानेले बताउनुभयो ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमों) र जसपाबीच समझदारी बनेको छ । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने भएपछि गुरुङ्सरकार ढल्ने निश्चित जस्तै भएको छ ।
गण्डकी प्रदेशमा काँग्रेस नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावनालाई जनमोर्चाको निर्णयले अझ बढि बल प्रदान गरेको हो । यसअघि बैशाख २ गते कांग्रेसकै नेतृत्वमा मुख्यमन्त्री गुरुङ्को विरुद्ध अविश्वास प्रस्ताव दर्ता भैसकेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती